मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मातातीर्थ ‍औँसीको अवसर पारेर झापामा ५ सय भन्दा बढी महिला सम्मानित

Desh Pradesh News 1+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

झापा ।  झापामा मातातीर्थ औँसीको अवसर पारेर ५ सय भन्दा बढी ज्येष्ठ महिलाहरुलाई सम्मान गरिएको छ । झापाको भद्रपुरमा रहेको ओमसाई पाथिभरा हस्पिटलका सञ्चालक बालकुमार पोखरेल(साईराम) र अध्यक्ष दिपक पोखरेलले भद्रपुर नगर क्षेत्र भित्र रहेका ५ सय भन्दा बढी महिलाहरुलाई सम्मान गरेको हो । 

झापाकाे भद्रपुर ७ मा रहेको निजी निवासमा बुधबार दिउँसो ७० देखि १०५ वर्षीया ज्येष्ठ महिलाहरुलाई साडीसहित नगद उपहार दिएर सम्मान गरिएको थियो भने उपहार पश्चात मिष्ठान्न भोजनसमेत गराइएको थियो । 

जन्मदिने आमासँगै अन्य महिलाहरु पनि आमा समान भएकाले पर्वको अवसर पारेर सम्मान गरिएको अध्यक्ष पोखरेलले बताए । पाेखरेलले भने, ' आज हामीले ६ सय जना भन्दा बढी ६८ वर्ष पुराभएका आमाहरुलाई बाेलाएका छाै । आउने सालहरुमा पनि यसरीनै सम्मान गरेर आमाहरुकाे आशिर्वाद लिने उद्देश राखेका छाै' ।

स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको ओमसाई पाथिभरा हस्पिटलले वर्षको एक पटक आमाहरुलाई सम्मान गर्दै आइरहेको सञ्चालक पोखरेलले बताउदै टाढा टाढाबाट आउनेलाई यातायातको सुविधा समेत दिएको बताए । उनले भने, ' याे पर्वमा छाेराछरीले आमालाई सम्मान गर्ने परिपाटी चलिरहेकाेले हामीले पनि विगत ३ वर्षदेखि छाेराछाेरीकाे भुमिका निभाउने थालीनी गरेका छाैं '। 

विभिन्न कारणले सन्तान साथमा नभएको अवस्थामा यसरी सम्मान गर्ने पोखरेल परिवारको सोच ठूलो भएको सम्मानित हुनेहरुले खुशी व्याक्त गरेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार