मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

६ वर्षीय बालकले शिक्षकलाई गोली हानेको घटनामा आमालाई २ वर्ष जेल

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार

संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एक विद्यालयकी शिक्षकमाथि ६ वर्षीय विद्यार्थीले गोली प्रहार गरेको घटनामा विद्यार्थीकी आमालाई २ वर्षको जेल सजाय भएको छ।

भर्जिनियाको न्युपोर्ट न्युजस्थित रिचनेक एलिमेन्टरी स्कूलकी शिक्षक अविगेल ज्वेर्नरमाथि ६ वर्षीय बालकले कक्षाकोठाभित्रै गोली प्रहार गरेको घटनामा बालककी आमा २६ वर्षीया डेजा टेलरलाई त्यहाँको अदालतले २ वर्षको जेल सजाय सुनाएको हो।

शुक्रबार सर्किट अदालतका न्यायाधीश क्रिस्टोफर पपिलले टेलरले आफ्नो सन्तानको राम्रो हेरचाह नगरेको भन्दै उनलाई २ वर्षको जेल सजाय सुनाएका हुन्।

‘बालबालिकाको सुरक्षा, उनीहरूलाई नकारात्मक कुराबाट टाढा राख्ने जिम्मेवारी अभिभावकको हो, जुन टेलरले पूरा गरिनन्,’ उनको आदेशलाई उद्धृत गर्दै समाचार संस्था एपीले उल्लेख गरेको छ।

कक्षाकोठामै गोली प्रहार भएपछि ज्वेर्नर गम्भीर घाइते भएकी थिइन्। उनको छातीमा गोली लागेको थियो। एपीका अनुसार उनको पाँच पटक सर्जरी गरिएको थियो। घटनापछि उनी अत्यन्तै विक्षिप्त र मानसिक रूपमा कमजोर बनेकी बताइएको छ।

६ वर्षीय बालकसँगको सोधपुछमा उनले आफ्नी आमाले दराजको माथिल्लो भागमा राखेको बन्दुक झिक्न आफू ड्रयरमा चढेको बताएका छन्। त्यसपछि स्कुल जाँदा झोलामा राखेको र कक्षाकोठामा पुगेपछि पाइन्टको गोजीमा राखेको बताए।

उनकी आमाले बन्दुकको ट्रिगर लक गरेर राखेको बताएपनि अनुसन्धानका क्रममा झुट ठहरिएको थियो।

टेलरलाई यसअघि गएको नोभेम्बरमा मात्रै २१ महिनाको सजाय सुनाइएको थियो।  उनले बन्दुक बोकेको समयमा गाँजा सेवन गरेको पुष्टि भएपछि सो सजाय सुनाइएको थियो। अब योसहित उनी ४ वर्ष जेल बस्नुपर्ने एपीले उल्लेख गरेको छ।

 बालकलाई अहिले उनकी हजुरआमाको साथमा राखिएको छ।

टेलरका वकिल जेम्स एलेनसनले उनी टेलर गाँजाको खराब लत र घरेलु हिंसाको शिकार भएको बताए। साथै उनीमा सिजोफेक्टिभ डिसअर्डर, बाइपोलर डिसअर्डरजस्ता स्वास्थ्य समस्या रहेको बताएका छन्।

गोली प्रहारपछि शिक्षकले विद्यालयविरूद्ध पनि मुद्दा दायर गरेकी छन्। एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै