मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

जनतालाई मुर्ख बनाइराख्ने दिन गयो - अध्यक्ष लिङ्देन

देश प्रदेश डेस्क 5489+ समाचार ( )
९ कार्तिक २०८०, बिहीबार

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् ।

बिहीबार अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको बताए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दा गाली गर्नुको साटो राम्रो काम गरेर देखाउन आग्रह दलहरूलाई चुनौती दिए ।

उनले अघि भने, ‘यो परिर्वतनको सम्वाहक हौं भन्ने दलहरुले राम्रो गरेर देखाउनुपर्यो । अब (पूर्व)राजालाई गाली गरेर सत्तामा टिकिराख्ने, जनतालाई मुर्ख बनाइराख्ने दिन गयो ।’ जनतामा निराशा पैदा भएको भन्दै उनले तिहार र छठ लगतै पार्टीको बैठक बसेर दबावमुलुक कार्यक्रम ल्याउने बताए ।

लिङ्देन पार्टीसम्वद्ध प्रवासी नेपाली एकता समाजको तेस्रो अधिवेशनमा भाग लिन अमेरिका गएका हुन् । सहमहामन्त्री विजय खड्का, विदेश विभाग प्रमुख आनन्द अधिकारीसहित अमेरिका उडेका राप्रपा अध्यक्ष लिङ्देन २१ गते फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार