मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

वालिकालाई दूर्व्यवहार गरेको आरोपमा झापा वाहुनडाँगीका सन्देश पक्राउ

देश प्रदेश डेस्क 5485+ समाचार ( )
साङ्केतिक तस्वीर
२७ पौष २०८१, शनिबार

                                                                                                            साङ्केतिक तस्वीर

झापा वालिकालाई दूर्व्यवहार गरेको आरोपमा झापा वाहुनडाँगीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १ वाहुनडाँगीका २० बर्षिय सन्देश श्रेष्ठ रहेकाे स्राेतले जनाएकाे छ । आरोपित श्रेष्ठ एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको मेचीनगर ९ मा सडकमा इस्काभेटर चालक कार्यरत रहेको थाहा भएको छ  । उनीमाथि १२ वर्षीया वालिकालाई दूर्व्यवहार गरेको आरोप छ । स्राेतका अनुसार विहीवार राति ११ बजे खुट्टिडाँगी सडक किनारमा पार्किङ गरेर राखिएको इस्काभेटरबाट अभिभावकहरुले १२ वर्षीया वालिकालाई उद्धार गरेका थिए ।

राति पिसाब फेर्न कोठाबाट बाहिर निस्किएकी वालिका अचानक हराएपछि अभिभावकहरु खोज्दै सडकतिर जाँदा इस्काभेटरको चालक सिटमा डरले काम्दै बसेको अवस्थामा वालिकालाई भेटेका थिए ।

 अभिभावकहरु खोज्दै आएपछि इस्काभेटरका चालक वालिकालाई गाडीमै छाडेर भागेका थिए । वालिकाले आफुलाई बोकेर इस्काभेटरमा पुर्याइएको प्रारम्भिक बयान दिएको स्रोतले जनाएको छ ।

एसियाली विकास बैंकको सहयोगमा मेचीनगर वडा नं. ९ मा हाल सडक निर्माण भइरहेको छ । उक्त सडकको निर्माण ठेक्का भारतीय (पटना) कम्पनीले पाएको छ । तर मूल ठेकेदारबाट स्थानीय निर्माण व्यवसायीले कामको खुद्रा ठेक्का लिएका छन् ।

घट्नापछि  इलाका प्रहरी कार्यालय धुलाबारीले ५ दिनकाे म्याद थप गरी  हिरासतमा उनलाइ राखिएकाे छ ।प्रहरीले वालिका र आरोपित श्रेष्ठ दुबैको स्वास्थ्य परीक्षण समेत गरिसकेको बुझिएको छ । 

स्थानीयबासीले घटना भित्रभित्रै मिलाउन प्रयास हुनसक्ने जनाउँदै घटनाको भरपर्दो अनुसन्धान गरी दोषीलाई कानून बमोजिम कडा सजाय दिलाउनु पर्ने माग गरेका छन् ।

घट्नाका विषयमा जिल्ला प्रहरी प्रवक्ता एवम डिएसपी कृष्ण कुमार चन्दले  ‘घटना थाहा नभएको’ जवाफ दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार