मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

मेची रङ्गशालामा झापाका पालिकाबीच फुटबलको भिडन्त हुने

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२८ अशोज २०८०, आइतबार

                                                                                                         साङकेतिक तस्वीर

झापा / भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगिता  सम्पन्न भएको मेची रङ्गशालामा पालिका स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति जुटेको छ। दशैँ तिहार सकिए लगत्तै मङ्सिर ७ गतेबाट सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति जुटेको हो।

भद्रपुर झापा गोल्ड कप समितिको आइतबार बडा दशैँको  शुभकामना आदान प्रदान गर्न  बसेको बैठकले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न समितिका पदाधिकारी सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको छ।

भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा बसेको बैठकमा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, कोसी प्रदेश उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा मुख्य सल्लाहकार टिकाराज ढकाल,नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व प्रशिक्षक हरि खड्का,पत्रकार गोपाल गिरी, उपाध्यक्ष डिल्लीराम घिमिरे, आमन्त्रित उपाध्यक्ष बाबुराम पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।  सचिब टहलदाश मैनालीले स्वागत र महासचिव जीवनकुमार श्रेष्ठले बैठक संचालन गरेका थिए ।

झापाका १५ वटै पालिकाबीच लिग कम नकआउटका आधारमा मङ्सिर ७ गतेबाट सञ्चालन हुने प्रतियोगिता पुस ६ गतेसम्म चल्नेछ।

 विजेता टीमले नगद रू ३ लाख र उपविजेताले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन्  । प्रतियोगिता सम्पन्न गर्न ८० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार