मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |
मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |


सरकारले मुआब्जा दिन नसकेपछि काँकडभिट्टा– इनरुवा रेलमार्गको रोक्का जग्गा फुकुवा गर्ने

देश प्रदेश डेस्क 5192+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

झापा झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा सरकारले मुआब्जा वितरण गर्न नसकेपछि फुकुवा गर्ने भएको छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले जग्गा रोक्का फुकुवा गर्ने घोषणा गरेका हुन् । पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि पाँच वर्षअघि रेखाङ्कन गरी निर्माण क्षेत्रको जग्गा रोक्का राखिएको थियो ।

जग्गाधनीले मुआब्जा नदिने भए रोक्का फुकुवा माग गर्दै एक वर्षयता आन्दोलन गरिरहेका थिए । रेलमार्ग निर्माण स्थलका पाँच हजार कित्ता जग्गा रोक्का छन् । २०७७ जेठ २७ गते झापा र २९ गते मोरङ र सुनसरीका जग्गा सरकारले रोक्का गरेको हो । रेलवेमा परेका कित्तामा डिमार्केसन (पिलर गाडिएको )गरिएको छ । निजी जग्गामा डिमार्केसन गरिएको समयदेखि स्थानीय आफ्नो स्वामित्वको जमिन किनबेच, बैंकिङ कारोबार र भोगचलन गर्न समेत बन्चित भएका छन् । जसका कारण धेरैको व्यवहार बिग्रिएको छ । कतिपयको त दैनिक व्यवहार नचल्ने अवस्था भएको छ ।

झापाका २ हजार २, मोरङका १३ सय ५७ र सुनसरीका ८४९ जग्गावाला एवं घरधनीहरुको घरजग्गा रोक्का गरिएको हो ।झापाको मेचीनरगर, गरामनी, अनारमनी, दुवागढी, चारपाने, घैलाडुब्बा, शिवगञ्ज, तोपगाछी, दमक र लखनपुर क्षेत्रका करिब २ हजार व्यक्तिको घरजग्गा रेलमार्गमा पर्ने भएर रोक्का गरिएको हो ।

त्यसैगरी मोरङको साविक मधुमल्ला ६, उर्लाबारी, पथरी शनिश्चरे, अमरदह, बयरवन, केरौन, डाँगीहाट, बेलबारी, सुन्दर हरैंचा क्षेत्रका १३५८ कित्ता जग्गाहरु रोक्का गरिएको थियो ।

त्यसैगरी सुनसरीको इटहरी, खनार, चाँदबेला, बबिया, भोक्राहा र इनरुवाका ८४९ कित्ता जग्गा रोक्का थियो ।

काँकडभिट्टा– इनरुवा रेलमार्गका लागि बजेट छुट्याउनुको सट्टा मुआब्जाका लागि स्रोत व्यवस्थापन गर्नबाट सरकार पछि हटेको पूर्वपश्चिम रेलवे मुआब्जा समन्वय समितिका कोशी प्रदेश संयोजक डा. लक्ष्मीप्रसाद मैनालीको भनाइ छ । मैनालीले अहिले आवश्यक बजेट नछुट्याइदा रेलवे पीडितलाई थप मानसिक यातना भएको प्रतिक्रिया दिए ।

सरकारले बिहीबार प्रस्तुत गरेको बजेटमा कोशी प्रदेशका बहुप्रतिक्षित योजनाहरूलाई समेत बजेट विनियोजन भएको छ । अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा झापाको भद्रपुरसहित अन्य विमानस्थलको स्तरोन्नतिका निम्ति ५० करोड रुपैयाँ विनियोजन भएको छ । यसैगरी मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालासहित अन्य रंगशालाका लागि ४२ करोड रुपैयाँ विनियोजन भएको छ । गिरिजाप्रसाद रंगशालामा हरेक वर्ष बजेट विनियोजन भए पनि निर्माण कार्य भने अुधरै छ ।

झापाको दमकमा सबै प्रकारका प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरिएको छ । यसैगरी सुनसरी–मोरङ नहर तथा सिँचाइ प्रणाली मर्मत तथा संहार, पुनस्र्थापना तथा व्यवस्थापन सुधारका निम्ति पनि बजेट विनियोजन भएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडक चार लेन स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ । विराटनगरको रानी–इटहरी चार लेन व्यापारिक मार्ग निर्माण सम्पन्न गर्न बजेट छुट्याइएको छ । कोशी कोरिडोरको खाँदबारी–दोभान खण्ड, अरुण कोरिडोरको चतरा–लेघुवा सडक ट्याक खोल्न बजेट विनिजन भएको अर्थमन्त्री पौडेलले जनाएका छन् । झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने पुष्पलाल मार्ग निर्माणका लागि दुई अर्ब ५१ करोड विनियोजन भएको छ । सुरुङ मार्गतर्फ धरान–लेउती निर्माणका लागि स्रोत व्यवस्थान गरिने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार