मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापाको भद्रपुरबाट एक बालक बेपत्ता

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

झापाको भद्रपुर नगरपालिका–२ स्थित होलिल्यान्ड इङ्लिस स्कुलमा कक्षा ७ मा अध्ययनरत एक बालक शनिबार बिहानदेखि बेपत्ता भएका छन्।

आदित्य पौड्याल नाम गरेका ती बालक शनिबार (भदौ २८ गते) बिहान करिब १० बजे घरबाट साथीकोमा जान्छु भनेर निस्किएका थिए। तर, रातीसम्म पनि उनी घर नफर्किएपछि परिवारले खोजी कार्य अघि बढाएको छ। अहिलेसम्म उनीबारे कुनै जानकारी नआएको परिवार स्रोतले जनाएको छ।

परिवारजनले स्थानीय स्तरमा खोजी गरिसकेपनि कुनै जानकारी नपाएपछि अब सार्वजनिक रूपमै जानकारी गराउँदै सहयोगको अपील गरेका छन्।

यदि कसैले आदित्य पौड्याललाई देख्नुभएको छ वा उहाँबारे कुनै जानकारी पाउनुभएको छ भने, कृपया तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराइदिनु हुन परिवारजनले अनुरोध गरेका छन्:

📞 ९८१४९४४१२१ / ९८१६९३४४८७

बालक सम्बन्धी विवरण:

नाम: आदित्य पौड्याल

उमेर: करिब १२–१३ वर्ष

बसेको स्थान: भद्रपुर नगरपालिका–२, झापा

विद्यालय: होलिल्यान्ड इङ्लिस स्कुल, कक्षा ७

बेपत्ता मिति: २०८२ भदौ २८, शनिबार बिहान १० बजेपछि

सम्बन्धित निकाय तथा स्थानीय समुदायले सघाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार