मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

भद्रपुरका दुई पत्रकारसहित खेलाडी पुरस्कृत

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

भद्रपुर नगरपालिकाको १५ औं नगर सभाको अवसर पारेर दुई जना पत्रकारसहित आधा दर्जन व्यक्तित्वलाई पुरस्कृत गरेको छ । शनिवारबाट शुरू भएको नगर सभाको समापनको अवसर पारेर आज विकास पत्रकारिता पुरस्कारबाट नगद ३१ हजारसहित द्रोण अधिकारी र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सन्तोष शर्मालाई १५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।

नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगर क्षेत्रमा रहेर खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त क्रिकेटका विपिनकुमार महतो, हक्कीका सुदिपकुमार चौधरी, दीपक खतिवडा, भारोत्तोलनकी सोनीदेवी दास, एथलेटिक्सकी सविना राजवंशीलाई जनही दश हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

यस्तै नगरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगितामा विजेता भद्रपुर नगरका खेलाडीलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

शिक्षा शाखाका योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी प्रमुख मिलन केसी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरलगायतले मन्तव्य राख्दै नगरको उन्नतिमा सबै क्षेत्रको उल्लेख्य भूमिका रहने बताएका थिए ।

नगर सभामा चाल आर्थिक वर्ष २०८१/८२ को अर्ध वार्षिक प्रगति कार्य योजनाहरूको समीक्षा र संशोधित बजेट तर्जुमालगायतका विषयमा छलफल गरेर पारित गरिएको थियो । नगर सभामा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सभालाई समापन गर्दै नगर प्रमुख पोखरेलले नगरको चौतर्फी विकासका लागि नीतिगत व्यवस्थामार्फत कार्यविधि बनाएर काम गरिरहेको बताए । पोखरेलले अलपत्र परेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माणका लागि यथाशीघ्र वातावरण बनाउन नगर सभाले अनुमोदन गर्दै सङ्घीय सरकारसँग बाधा फुकुवाको माग गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार