मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

जेष्ठ नागरिकलाई भद्रपुर ३ का वडाध्यक्षले चौथो पटक धार्मिक तथा पर्यटकीय स्थल भ्रमण गराए

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२१ चैत्र २०८२, शनिबार

झापा / भद्रपुर नगरपालिका–३ का वडाध्यक्ष  हेमबहादुर कार्कीले जेष्ठ नागरिकलाई लक्षित गर्दै चौथो पटक धार्मिक तथा पर्यटकीय स्थल भ्रमण गराएका छन्।

यस पटक कोशी प्रदेशका प्रमुख धार्मिक स्थल वराहक्षेत्र तथा धरानस्थित श्रम संस्कृति पार्कको भ्रमण गराइएको हो। वडाध्यक्षकै नेतृत्वमा सम्पन्न उक्त भ्रमणमा वडाध्यक्षसहित कुल १३० जना जेष्ठ नागरिक सहभागी भएका थिए।

वडाध्यक्षले तीन वटा बस रिजर्भ गरी सहभागीलाई सुरक्षित र व्यवस्थित रुपमा भ्रमण गराएका हुन्। विशेष कुरा के छ भने यस वर्षको भ्रमण पूर्ण रूपमा वडाध्यक्षको व्यक्तिगत खर्चमा सञ्चालन गरेकाे वडाध्यक्षले जानकारी दिएका छन्।

वडाध्यक्ष कार्कीका अनुसार ज्येष्ठ नागरिकलाई लक्षित गर्दै यो कार्यक्रम चौथो पटक सञ्चालन गरिएको हो। “यो मेरो वार्षिक कार्य योजना अन्तर्गतको कार्यक्रम हो। निर्वाचित भएपछि ज्येष्ठ नागरिकलाई धार्मिक तथा पर्यटकीय क्षेत्र घुमफिर गराउने मेरो लक्ष्य थियो,” उनले भने।

उनले यस कार्यक्रममा कुनै पनि सरकारी बजेट प्रयोग नगरी आफ्नै तलब–भत्ताबाट रकम जम्मा गरेर निरन्तर सञ्चालन गर्दै आएको बताए। “कहीँ कतैबाट एक रुपैयाँ पनि नलिई आफ्नै तलब भत्ताबाट यो कार्यक्रम गर्दै आएको छु,” कार्कीले भने।

स्थानीय स्तरमा जेष्ठ नागरिकको सम्मान, सामाजिक सहभागिता र धार्मिक–पर्यटकीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइएको हो।

स्थानीय बासिन्दाले वडाध्यक्षको यस कार्यको प्रशंसा गर्दै जेष्ठ नागरिकप्रति देखाएको सम्मान र सामाजिक उत्तरदायित्वको उदाहरणीय अभ्यासका रूपमा लिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार