मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापाको मेचीनगरमा अवैध अनलाइन व्यवसाय सञ्चालन, १० जना भारतीय पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

झापा । झापाको मेचीनगरमा घर भाडामा लिएर अवैध अनलाइन व्यवसाय सञ्चालन गर्ने एउटा गिरोह पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका -९ स्थित शैलेन्द्र पोद्दारको घरमा राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले आईतबार छापा मारेर सो गिरोहलाई पक्राउ गरेको हो । सो घरमा अवैध अनलाइन व्यवसाय सञ्चालन भइरहेको विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले छापा मारेर १० जना भारतीय नागरिक पक्राउ गरेकाे छ भने ४० वटा मोबाइल , एउटा प्रिन्टर, ७ वटा ल्यापटप, एउटा सिसी क्यामेरा पनि बरामद गरेको जानकारी आएकाे छ ।  

सो घटनाका मुख्य नाइकेसहित अन्य केही व्यक्ति अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको स्रोतले जनाएको छ । घरमा छापा मारेर संयुक्त टोलीले  उनीहरूलाई पक्राउ गरी अनुसन्धान लागि लगिएको जनाइएको छ । घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ ।  

मेचीनगर ८ धुलाबारीस्थित मेची क्राउन होटेलमा कार्यरत कर्मचारी भन्दै  उनीहरूले घर भाडामा लिएर त्यहाँ बस्दै आएको स्थानीयको भनाई छ । उक्त होटेलमा कार्यरत छु भन्दै मेचीनगरका धेरै ठाउँमा भारतीय युवायुवती यसरी नै घर भाडा लिएर अवैध ठगी धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार