मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

शङ्कास्पद रूपमा एक दम्पती मृत फेला

देश प्रदेश डेस्क 5497+ समाचार ( )
३० आषाढ २०८२, सोमबार

झापा / सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा आइतबार बिहान घरभित्रै दम्पती मृत अवस्थामा भेटिएका छन् । 

आइतबार बिहान ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया स्वेता खातुन  आफ्नै घरभित्रै मृत फेला परेका प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाका अनुसार दुवैजना घरभित्रै बेग्लाबेग्लै मृत भेटिनुले घटना रहस्यमय रहेको छ । एसपी तिम्सिनाका अनुसार फुसले बनेको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ भने श्रीमती खातुनको ओछ्यानमा शव भेटिएको हो । 

अनुसन्धान नसकुञ्जेल तत्काल केही भन्न नसकिने एसपी तिमल्सिना बताउँछन् । घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि ३ किलोमिटर पूर्वमा अवस्थित छ । 

श्रीमती खातुनको हत्यापछि श्रीमान् सुकदेवले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । वरिपरि बाँसको टाटीले बारेको घरभित्र उल्टै कोठामा बेग्लाबेग्लै तरिकाले दम्पतीको शव भेटिनुले घटना शङ्कास्पद देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएपसी योगराज खतिवडाले बताए । “घटनाको प्रकृति हेर्दा श्रीमतीको हत्यापछि श्रीमान्ले आत्महत्या गरेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ”–डिएसपी खतिवडाले भने ।

मृतक स्वेताको माइती मोरङ कदमाह रहेको र त्यहाँबाट आफन्तहरू आइसकेकाले दुवैतर्फको विवरण सङ्कलन गरेर प्रहरी अनुसन्धानमा जुट्ने जुटिसकेको डिएसपी खतिवडाले बताए । तत्काललाई घटना के भएको हो अनुसन्धान पछि मात्रै सबै खुल्ने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै