मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

नेपाली चियाकाे निर्यात भारतले राेक्याे

देश प्रदेश डेस्क 5450+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

झापा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्राबधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर संकट निम्तिने बताएका छन । 
पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया भारतले हिजो रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम भन्सार एजेन्ट रोशन अग्रवालले जानकारी दिए ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए ।भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटंकी स्थल भन्सार कार्यालयका समकक्षीसँग शुक्रबार नै भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताए।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको बताए । तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग संकटमा फँस्ने उनको भनाई छ । चिया व्यवसायी एवम भन्सार एजेन्ट अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीय स्थल भन्सार कार्यालयले हरेक ट्रकमा रहेको नेपाली चियाको अलग अलग गुणस्तर परीक्षण गरिनु पर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो ।
सडकमा अलपत्र अवस्थामा त्रिपालले छोपेर चिया राखिएको ट्रकमा राति चोरी र लुटपाट हुनसक्ने जोखिम रहेको उहाँले बताउनुभयो । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको छ वटा ट्रक छन भने अन्य सामान हिमालयन रेञ्ज लगायतका चिया उद्योगको रहेका छन ।

सीटीसी र अर्थोडक्स गरी दुबै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीहरुका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटना लगायतका स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई मात्र भारतीय भन्सारले मान्यता दिने भएको हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीहरुले बिगतदेखि नै झञ्झट भोग्नु परिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार