मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

झापामा दैनिक ५० देखि ६० युनिट रगत खपत हुदै

देश प्रदेश डेस्क 5339+ समाचार ( )
१२ आषाढ २०८१, बुधवार

झापा  झापामा दैनिक सरदर ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मृगौलाका विरामीलाई डाइलोसिस गर्दा अनिवार्य रगतको आवश्यक पर्ने भएकाले खपत  बढेको हाे ।   रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिए ।झापा शाखासँग हाल आफ्नो स्टकमा एक सय युनिट रगत मात्र रहेको इन्चार्ज दाहालले बताएका छन् । उनका अनुसार  रेडक्रससँग रहेको रगतले अधिक्तम तीन दिन मात्र थेग्ने उनले बताए । रगतले दुई–तीन दिन मात्रै पुग्छ । १४ गते मदन भण्डारी फाउण्डेशनको रक्तदान कार्यक्रम छ, त्यहाँबाट प्राप्त रगतले थप दुई तीन दिन पुग्छ । त्यस पश्चात् झापामा रगतको संकट हुने स्थिति रहेको उनले बताए ।

मदन भण्डारी फाउण्डेशनले प्रत्येक वर्ष असार १४ गते रक्तदान गर्ने गरेको इन्चार्ज दाहालले बताए । यहाँबाट सरदर एक सयदेखि एक सय ५० युनिट रगत संकलन हुने गरेको छ ।

झापामा प्रत्येक वर्ष २० हजार युनिट रगत खपत हुने गरेको छ । जसमध्ये १५ हजार युनिट रगत रेडक्रस झापा शाखाले उपलब्ध गराउँदै आएको छ भने पाँच हजार युनिट रगत रेडक्रस दमक शाखाले उपलब्ध गराउने गरेको छ ।

इन्चार्ज दाहालका अनुसार झापामा रक्तदाताको अभाव रहेकाले रगतको अभाव हुने गरेको छ । झापामा कम्तीमा पाँच हजार जना नियमित डोनरको आवश्यकता पर्दछ । तर, अहिले झापामा एक हजार जना मात्रै नियमित रक्तदाताहरु रहेका छन् । झापामा कुल रक्तदाता (नियमित, अनियमित) को संख्या करीब छ हजार जना रहेको छ । हाल उपलब्ध रक्तदाताको संख्याले झापाको रगतको माग पूरा नहुने इन्चार्ज दाहालको भनाई छ ।

रेडक्रस झापा शाखाले रक्तदाताको संख्यामा वृद्धि गराउन विभिन्न मोटिभेसनल कार्यक्रमहरुका साथै रगत दान गर्दा हुने फाइदाको बारेमा पनि सचेतना फैलाउने काम गर्दै आएको इन्चार्ज दाहालले बताए ।

रेडक्रस झापा शाखाले विएन्डसी, भद्रपुर र चारपानेमा रेडक्रसको झापा शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ ।

रक्तसञ्चार सेवा बिर्तामोडका संयोजक सजेश शिवाकोटीले वर्खायाममा रक्तदानका कार्यक्रम कम हुने भएकाले पनि रगतको अभाव भएको जानकारी दिए । प्रायःचाडवाड र वर्खायाममा रगतको अभाव हुन्छ, शिवाकोटीले भने – अस्पतालहरुले पनि फ्रेस ब्लड माग्न थालेका छन् । स्टक गर्न पनि समस्या भइरहेको छ । विरामीलाई आवश्यक पर्दा रक्तदाताको खाजी गरेर पनि व्यवस्थापन मिलाउने गरेका छौं ।

झापामा जनशक्ति अनुसार एकदिनमा बढिमा ४ ठाउँमा मात्रै रक्तदान कार्यक्रमको आयोजना गर्न सकिन्छ । वर्खायाममा रक्तदान गर्न संघ संस्थाहरु पनि तयार भएको देखिदैनन् । शिवाकोटी भन्छन्, असार १४ मा मदन भण्डारी फाउण्डेशन झापा शाखाले गर्ने कार्यक्रममा ठुलो आशा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार