मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

मृत भेटिएका दुई नाबालिकाकी आमा झापामा पक्राउ

देश प्रदेश डेस्क 5336+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

झापा ।  केरा बगानभित्र मृत भेटिएका दुई नाबालिकाकी आमालाई झापामा पक्राउ गरिएकाे छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गत शनिबार  केरा बगानभित्र दिदी–बहिनीको शव फेला परेको थियो । धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए ।
सो घटनामा मृतक नाबालिकाकी आमा अस्मिता न्यौपाने फरार भएकी थिइन् । २९ वर्षीया अस्मितालाई प्रहरीले शनिबार साँझदेखि नै खोजी तीव्र पारेको थियो । तत्काल फरार भएकी उनलाई बुधबार बिहान  बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतकाअनुसार अस्मितालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको हो ।
‘उक्त घटनामा आमाको संलग्नता भएको हुनसक्ने आशंका भएकाले पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेकी अस्मितालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । अहिले प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरेको उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुन र अस्मिताबीच विवाद भएको खुलेको छ । विवाद भएपछि दुई जना नाबालिका छोरीलाई लिएर अस्मिता शनिबार साँझदेखि घरबाट बेपत्ता थिइन् । पछि, स्थानीयले नाबालिकाहरूको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार