झापा / झापाको भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
हरियो घाँस घारीमा कालो टिसर्ट र कट्टु लगाएका ती व्यक्ति उत्तानो परेको अवस्थामा मृत फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर प्रारम्भिक जाँचबुझ तथा विस्तृत अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न नसकेकाले पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ ।