मुख्य समाचार
नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ | मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ | अरुण तेस्रोको बाँध ८० प्रतिशत बन्यो, जग्गा विवादले प्रसारण लाइन अवरुद्ध | त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र | पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष |
मुख्य समाचार
नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ | मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ | अरुण तेस्रोको बाँध ८० प्रतिशत बन्यो, जग्गा विवादले प्रसारण लाइन अवरुद्ध | त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र | पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष |


नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै

भेषराज नेपाल 91+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

झापा / नेपालमा पछिल्ला तीन वर्षयता अर्बौँ रुपैयाँ बराबरको खरबुजाको बिउ (मगज) तेस्रो मुलुकबाट ह्वात्तै आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालमा ३ अर्ब ६ करोड रुपैयाँभन्दा बढी मूल्यको करिब १९ हजार टन यस्तो बिउ आयात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा जम्मा १४ करोड रुपैयाँ बराबरको ५९५ टन मात्रै आयात भएको यो बिउको परिमाण एकै वर्षमा ३२ गुणाले बढेको देखिन्छ। अचम्मको कुरा त के छ भने, यति ठूलो परिमाणमा कच्चा पदार्थ भित्रिए पनि नेपालमा यसलाई प्रशोधन गर्ने एउटा पनि उद्योग सञ्चालनमा छैन।

उद्योग विहीन देशमा अर्बौँको खपत कहाँ ?
नेपालमा परम्परागत रूपमा खरबुजा खेती निकै सीमित क्षेत्रमा मात्र हुने गर्दछ। यति ठूलो परिमाणको आयात कृषि प्रयोजनका लागि नभई औद्योगिक कच्चा पदार्थ वा खाद्य बस्तुको रूपमा प्रयोग हुने "मगज" (बोक्रा निकालिएको दाना) हो। स्वदेशमा बिस्कुट, मिठाई वा अन्य खाद्य सामग्रीमा यसको न्यूनतम खपत हुने गरे पनि अर्बौँको बिउ खपत गर्ने कुनै प्रशोधन उद्योग नेपालमा स्थापित छैनन्। उद्योग र ठूलो बजार विना नै सुडान, नाइजेरिया, अफगानिस्तान र टर्की जस्ता तेस्रो मुलुकबाट नेपालमा खरबुजाको बिउ ओइरिनुले ठूलो नीतिगत चलखेलको सङ्केत गरेको छ। 
भारतको प्रतिबन्ध र नेपाल 'कनेक्सन'
यो अस्वाभाविक आयातको मुख्य चुरो छिमेकी मुलुक भारतसँग जोडिएको छ। भारतीय बजारमा मिठाई र ड्राइफ्रुट्सका रूपमा खरबुजाको बिउ (मगज) को अत्यधिक माग छ। भारतले आफ्ना स्थानीय किसानको संरक्षण र विदेशी मुद्रा सञ्चितिका लागि जुन २०२३ देखि तेस्रो मुलुकबाट आउने खरबुजाको बिउ आयातमा पूर्ण तथा परिमाणात्मक प्रतिबन्ध लगाएको छ। भारतमा प्रतिबन्ध लागेपछि अन्तर्राष्ट्रिय व्यापारमा सक्रिय गिरोह र बिचौलियाहरूले नेपाललाई नयाँ मार्ग (ट्रान्जिट हब) को रूपमा प्रयोग गर्न थालेका हुन्। 
न्यून भन्सार दरको दुरुपयोग र अवैध ओसारपसार
नेपालमा कृषिजन्य बिउविजन भन्दै निकै न्यून वा शून्य भन्सार दरको फाइदा उठाएर व्यापारीहरूले खरबुजाको बिउ सजिलै भित्र्याउने गरेका छन्। वीरगन्ज भन्सार लगायतका नाकाबाट वैध रूपमा भित्रिएका यी सामानहरू तराईका सीमावर्ती जिल्लाहरू झापा, बर्दिया र बाँकेका विभिन्न गोदामहरूमा भण्डारण गरिन्छन्। हालै मात्र झापाको भद्रपुर र बर्दियामा प्रहरीले छापा मारेर करिब ३८ टन (करिब १ करोड मूल्य बराबरको) अवैध रूपमा लुकाइएको खरबुजाको बिउ बरामद गरेपछि यसको अवैध धन्दा बाहिर आएको हो। व्यापारीहरूले कानुनी बिलबिजक भएको दाबी गरे पनि बरामद गरिएका सामग्रीहरू खुला सिमानाको फाइदा उठाउँदै रातीको समयमा भारततर्फ तस्करी गर्ने उद्देश्यले राखिएको सुरक्षा निकायको निष्कर्ष छ।

 चालु आर्थिक वर्षको जेठसम्म मात्रै झन्डै ३ अर्बभन्दा बढीको यस्तो बिउ आयात भएको तथ्याङ्क छ । भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ६ करोड ५३ लाख मूल्यको १८ हजार ८१३ टन मगज आयात भइसकेको छ ।

विभागका अनुसार सबैभन्दा बढी अफगानिस्तानबाट ६ हजार ४४९ टन, दोस्रोमा नाइजेरियाबाट ५ हजार ८११ टन, तेस्रोमा सुडानबाट ३ हजार ४७२ टन र चौथोमा युएईबाट २ हजार ५५१ टन आयात गरिएको छ ।

गत आर्थिक वर्षमा २५ करोड ७० लाख मूल्यको १ हजार २८६ टन आयात भएको थियो । जसमा सबैभन्दा बढी अफगानिस्तानबाट ४४५, नाइजेरियाबाट ३२४ र चीनबाट १४५ टन भित्र्याइएको थियो । भन्सार विभागको तथ्याङ्कले २०८१ को चैतदेखि नै मगजको आयातमा वृद्धि हुन थालेको देखाउँछ ।

त्यसैगरी अघिल्लो आर्थिक वर्ष (२०८०/०८१’ मा ९ करोड १३ लाख मूल्यको ५०२ टन, २०७९/०८० मा २ करोड १४ लाखको १२७ टन र २०७८/०७९ मा २ करोड ३ लाखको ९९ टन आयात भएको विभागले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्क विश्लेषण गर्दा मगजको आयातमूल्य किलोको १६० देखि १६५ रुपैयाँसम्म परेको छ । चालु आर्थिक वर्षमा किलोको १६२ रुपैयाँमा भित्रिएको मगजको राजस्व भन्सारविन्दुमा २४.३ प्रतिशतले बुझाउँदा ३९ रुपैयाँ ३६ पैसा हुन्छ । यस हिसाबले अन्य विविध खर्च जोड्दा पनि एक किलो खरबुजाको बिउको मूल्य व्यवसायीका गोदाममा आइपुग्दा बढीमा २२० रुपैयाँ परेको छ ।

यता विराटनगरको खुला बजारमा बोक्रा निकालेको मगजको मूल्य किलोको ९ सय छ भने भारतको युपी र विहारका बजारमा भारु ८ देखि १३ सयसम्म छ । भारतले आयातमा बन्देज लगाएसँगै यसको मूल्य वृद्धि भएको हो । यसरी नेपालका आयातकर्ताले बोक्रा छोडाएको मगजको आयात गरेर तस्करी मार्फत् भारत पठाउँदा किलोमै कम्तीमा १ हजार रुपैयाँ नाफा हुने अवस्था छ । नेपालका आयातकर्ताले यसैको फाइदा उठाएका हुन् ।

विगतमा केराउ, मरिच, सुपारी र छोकडा जस्ता तेस्रो मुलुकका वस्तुहरू नेपाल भित्र्याएर भारत तस्करी गर्ने समूह नै अहिले खरबुजाको बिउ तस्करीमा सक्रिय भएको देखिन्छ। स्वदेशी उद्योग र बजारको आवश्यकता नै नभएको वस्तु अर्बौँ रुपैयाँ खर्चेर आयात भइरहँदा समेत सरकारी निकायहरूले यसको वैधानिक गन्तव्य र आवश्यकताको अनुगमन नगर्नुले राज्य संयन्त्रको उदासीनता पुष्टि गर्दछ। यसले नेपालको विदेशी मुद्रा बाहिरिने मात्र नभई सीमावर्ती व्यापारिक सम्बन्धमा समेत आँच पुग्ने जोखिम बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार