मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

कुलमान घिसिङ नयाँ दल दर्ताको अन्तिम चरणमा

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

झापा / ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री कुलमान घिसिङ नयाँ दल दर्ताको अन्तिम चरणमा पुगेका छन् ।

वैकल्पिक शक्तिहरूलाई ध्रुवीकृत गर्दै नयाँ दल गठन गर्न सामूहिक प्रयत्नमा सहमति जुट्न ढिलो भएसँगै उनी एक्लैले नयाँ दल दर्ता गर्न लागेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन शाह पक्ष, विवेकशील साझा पार्टी, रास्वपाको पूर्व नेता सुमना श्रेष्ठ, जेनजी अगुवा सुदन गुरुङ लगायतसँग छलफलबाट एकीकृत दल गठन प्रयासमा ढिलाइ हुँदा घिसिङ तत्कालका लागि एक्लै अघि बढ्ने भएका हुन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही महिनाको मसान्तसम्म समयावधि तोकेको छ ।

घिसिङ निकट मोहन गोलेका अनुसार आइतबार दल दर्ताका लागि आवेदन दिने तयारी छ । गोलेले भने, ‘दल दर्ताका लागि कागजपत्रहरू तयार हुँदैछ । हस्ताक्षर गराउने क्रम पनि भइरहेको छ । शुक्रबार दल दर्ता हुन नसके आइतबार हुन्छ ।’

घिसिङको नेतृत्वमा गठन हुने दलको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ । चुनाव चिन्ह बिजुलीको चिम अर्थात् बल्व प्रस्ताव गरिने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै