मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी

देश प्रदेश डेस्क 5408+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

स्थानीय प्रशासनले वीरगन्जमा लगाएको कर्फ्यू हटेको छ ।  जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यान्न १२ बजेसम्मका लागि जारी गरेको कर्फ्यू आदेश लम्ब्याएकामा सोमबार भने कायम नहुने गरी हटाएको छ । 

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगन्जको कर्फ्यू मध्यराती १२ बजेदेखि लागू हुनेगरी हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार हाललाइ कर्फ्यू हटाइएको छ, तर केही ठाउँमा निषेधाज्ञा भने लागू गरिएको छ । महानगरपालिको चार वटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अर्याल स्वयंले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।’ जिल्लामा शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासनले महानगरपालिका क्षेत्रका चार मुख्य नाकामा निषेधाज्ञा जारी गरेको उनको भनाइ छ ।

निषेधाज्ञामा वीरगन्ज महानगरपालिकाभित्र पर्ने स्थानहरूमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन तथा भीडभाड गर्न नपाइने स्पष्ट भनिएको छ  । जिल्ला प्रशासन कार्यालय पर्साले आम नागरिकलाई निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै आदेशको उल्लंघन गर्नेहरूमाथि कानून बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ। 

हनुमान जयन्तीको उत्सवका मनाउँदै गर्दा वीरगन्जमा दुइ समुदायबीचको विवादले उग्ररुप लिएपछि प्रशासनले शनिबार साँझ साढे ६ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।  तर, आइतबार दिनभर जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिले विवाद साम्य भएपछि कर्फ्यू हटाइएको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार