मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

बीपी प्रतिष्ठानका का.मु. उपकुलपतिलाई कालोमोसो दल्ने प्रयास

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

झापा । धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोहन वैद्य किरण नेतृत्वको पार्टीको भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपालका युवाहरूले मंगलबार दिउँसो कालोमोसो दल्ने प्रयास गरेका छन्।

कालोमोसो दल्ने प्रयास गर्ने समूहका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले उपकुलपतिको कार्यालयमै प्रवेश गरेर कालोमोसो दल्ने प्रयास गरेका थिए। ती युवाहरूले कामु उपकुलपतिले व्यक्तिगत स्वार्थमा डुबी डाक्टरहरूको माग बेवास्ता गरेको आरोप लगाएका छन् ।

आन्दोलित डाक्टर, शिक्षक र कर्मचारीहरूले उक्त घटनामा आफूहरूको कुनै पनि संलग्नता नरहेको बताएका छन् । उपकुलपतिको कार्यकक्षमा आउने जाने मान्छेको संख्या भइरहने भएकाले को आउने र को जाने भन्ने विषयमा आफूहरूलाई कुनै पनि जानकारी नभएको आन्दोलनमा सहभागीमध्येका कर्मचारी महेश राईले बताए ।

 बढुवाको विषयलाई लिएर डाक्टर र कर्मचारी आन्दोलित बनिरहेका छन् । का.मु. उपकुलपति प्रा. डा. कार्की जिम्मेवारी पदमा बसेर पनि काम नगरेको भन्दै पार्टीका युवाहरू गई कालोमोसो दल्ने प्रयास गरेका थिए । त्यसक्रममा केही ठेलमठेल र धक्काधक्की भएको थियो। उनीहरूले डाक्टर र कर्मचारीको मागलाई सम्बोधन गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन पनि गरेका थिए।यहीबीचमा धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीणको अगुवाइमा पनि दबावमूलक कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार