मुख्य समाचार
भद्रपुरलाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय | रतुवामा जस्तै निन्दा , बिरिङ र कन्काईमा पनि आर्क पुल बन्दै | अदालतको आदेश, हकदावीमा कोही आएनन्, अनुसन्धानमा थपिँदै नयाँ प्रश्न | सार्वजनिक यातायातमा सुनको सिक्री चोरी आरोपमा दमकका विकाससहित दुई जना पक्राउ | रोल्पा पहिरो : पछिल्लो ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता | झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा तोडफोड | भद्रपुरमा मारवाडी महिलाले मनाए तीज | झापाबाट सञ्चालित अनलाइन जुवा नेटवर्क, दुई खाताबाट ३५ करोडभन्दा बढी रकमको कारोबार | माईधारका नविन रायालाई अपहरण गरी १८ लाख फिरौती माग्ने ७ जना पक्राउ | नवीनलाइ अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ |

रतुवामा जस्तै निन्दा , बिरिङ र कन्काईमा पनि आर्क पुल बन्दै

देश प्रदेश डेस्क 5383+ समाचार ( )
३ भाद्र २०८३, बुधवार

रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र कन्काई नदीमा पनि आर्क पुल निर्माण हुने भएको छ । आकर्षक आर्क पुल निर्माण गर्नका लागि अहिले फ्याक्ट्रीमा स्टीलको काम चलिरहेको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ । चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीनवटा पुलहरु निन्दा , बिरिङ र कन्काईको ठेक्का लगाइएको थियो । ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले ती तीनवटा पुलको ठेक्का पाएका हुन् ।

अहिलेसम्म पुलहरुको प्रगति ३१ प्रतिशत पुगेको पूर्वी खण्डले जनाएको छ । रतुवा पुलको जस्तो ती तीनवटा खोलामा आर्क पुल निर्माण हुने र स्टीलको काम शुरु हुनेबित्तिकै प्रगति थपिने छ ।

त्यस्तै एसियन हाइवेको काँकडभिट्टा– लौकही सडकको पूर्वी खण्डको संझौता सकिन दुई महिना बाँकी रहँदा सडक निर्माणको आधा काम पूरा भएको छ । अहिलेसम्म ५१.३ प्रतिशत सडक निर्माणको काम पूरा भएको हो ।
तीन वर्षे ठेक्का संझौता अनुसार दुई वर्ष १० महिना बितिसक्दा मात्र ५१.३ प्रतिशत काम भएको हो ।

काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन– कालिका जे.भी.ले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । उनीहरुले २०८० माघ १९ गतेदेखि काम शुरु गरेका थिए । दुवै ठेक्काको संझौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र अर्थात २०८३ कात्तिक १ गते रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार