मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

२५ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु

देश प्रदेश डेस्क 5408+ समाचार ( )
३ चैत्र २०८१, आइतबार

अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ ।

जिल्ला अदालत मोरङले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेपछि कारागार चलान भएका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको हो ।

मोरङ कारागारका अनुसार हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार अपराह्न मृत्यु भएको हो ।

आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रो मुद्दा चलाएको थियो ।

जिल्ला अदालत मोरङले गत मंसिर २३ गते मुद्दाको पुर्पक्षका लागि २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, अदालतले मागेको धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए । उनको मुद्दाको फैसला हुन बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार