मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

प्रादेशिक अस्पतालमा बच्चा वार्ड बन्द, मन्त्रालय भन्छ–उपचार गर्न लैजानु

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१५ माघ २०८०, सोमबार

झापा । भद्रपुरस्थित प्रादेशिक अस्पतालमा बच्चा वार्ड बन्द भएको दुई महिना भइसक्यो । बालरोग बिशेषज्ञ नभएका कारण प्रादेशिक अस्पतालको बच्चा वार्ड बन्द भइरहँदा कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भने दश वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचारका लागि त्यही प्रादेशिक अस्पतालमा लैजान आव्हान गरेको छ ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले माघ १० गते प्रादेशिक अस्पताल भद्रपुरलाई पत्र पठाउँदै यस मन्त्रालयद्वारा स्वीकृत गरिएको दश वर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवासम्बन्धी मार्गदर्शन २०८० मा भएको प्रावधानबमोजिम अस्पतालमा उपचारका लागि आउने दश वर्षमुनिका बालबालिकाहरुलाई निःशुल्क उपचार गराउन निर्देशन दिएकी छन् । जबकि प्रादेशिक अस्पताल भद्रपुरमा बालरोग विशेषज्ञ चिकित्सक नभएका कारण गत मंसिर १४ गतेदेखि बच्चा वार्ड बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना नै प्रकाशित गरी बालरोग विशेषज्ञ नभएका कारण अनिश्चितकालका लागि सेवा बन्द गर्नुपरेको जनाएको छ । कोशी प्रदेश सरकारको मातहतमा रहेको मेची अञ्चलकै सबैभन्दा ठू्लो एक मात्र सरकारी प्रादेशिक अस्पतालमा गत असार १ गतेदेखि बालरोग विशेषज्ञ छैनन्।

अस्पतालमा ११औं तहका प्रमुख कन्सल्टेन्ट पेड्रियाटिसियन एकजना, ९ र १० औं तहका कन्सल्टेन्ट पेड्रियाटिसियन दुईजना गरी तीनजना बालरोग विशेषज्ञको स्थायी दरबन्दी रहेको छ । दरबन्दीमा रहेका ११औं तहका बालरोग विशेषज्ञ डा. टंकप्रसाद बाह्रकोटी १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएर स्वास्थ्य मन्त्रालयमा गएका छन्। ९औं तहका कन्सल्टेन्ट पेड्रियाटिसियनमा दुई वर्ष छात्रवृत्ति करारमा नियुक्ति भएका डा. रविन रेग्मीको पनि अवधि सकिएपछि त्यहाँबाट नगर अस्पताल बिर्तामोड गएका छन्। बालरोग विशेषज्ञ नहुँदा मेडिकल अफिसरहरू पारिजा सरकार र विपिन आचार्यले ओपीडीमा जाँचिरहेका छन्। विशेषज्ञ डाक्टर नहुँदा ओपीडीमा जाँचका लागि आउनेको संख्या एकदमै घटेको छ ।

साढे ५ महिनादेखि बालरोग विशेषज्ञ बिना अस्पताल सञ्चालन गरेपछि अस्पताल प्रशासनले अन्ततः गत मंसिर १४ गते बच्चा वार्डमा ताला नै लगाएको हो । प्रादेशिक अस्पतालमा बालरोग विशेषज्ञका लागि धेरैपटक प्रदेश सरकारसमक्ष पहल गरिसकेको बताउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले भने, ‘बालरोग विशेषज्ञबिना बच्चा वार्ड सञ्चालन गर्न सकिएन, त्यसैले बाध्य भएर मंसिर १५देखि सेवा नै बन्द गरेका थियौं ।’ उनले अब भने प्रदेश सरकारले एकजना ९ औं तहका बालरोग बिशेषज्ञ पठाउन लागेको जानकारी दिए । ‘प्रदेश सरकारले यसै साता बालरोग विशेषज्ञ पठाउन लागेको छ ’उनले भने,‘ बालरोग विशेषज्ञ आएपछि बच्चा वार्ड संचालन हुन्छ । ’

प्रादेशिक अस्पतालमा बन्द रहेको बच्चा वार्डमा मन्त्रालयले उपचार गर्न लैजानु भनेर बिरोधाभाष कुरा गरेको प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेलले बताए । साविक मेची अञ्चलमा गरिबको उपचार हुने एक मात्रै प्रादेशिक अस्पतालमा बच्चा वार्ड बन्द हुन नहुने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार