मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

अहमदाबाद विमान दुर्घटना ,१२४ शव परिवारलाई बुझाइयो

देश प्रदेश डेस्क 5451+ समाचार ( )
४ आषाढ २०८२, बुधवार

अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुनाको मिलान प्रक्रिया जारी रहेको छ। मंगलबार साँझसम्म १ सय ६३ डीएनए नमुनाको परीक्षण सम्पन्न भइसकेको छ, जसमा १२४ जना मृतकको शव आफन्तलाई बुझाइएको सिभिल अस्पतालका सुपरिटेन्डेन्ट राकेश जोशीले जानकारी दिए।

उनका अनुसार रिपोर्ट आइरहेकाले यो सङ्ख्या क्रमशः बढ्नेछ। दुर्घटनाको दिन अस्पतालमा ७१ जना घाइते भर्ना भएका थिए, जसमा ४२ जनालाई डिस्चार्ज गरिसकिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

१२ जुन २०२५ मा एयर इन्डियाको बोइङ ड्रीमलाइनर विमान अहमदाबादबाट लण्डनको गैटविकका लागि उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको थियो। २ सय ४२ यात्रु मध्ये २ सय ४१ जनाको मृत्यु भएको र केवल एक जना मात्र चमत्कारिक रूपमा बाँच्न सफल भएका थिए।

विमान जमिनमा खस्दा जमिनमै रहेका केही व्यक्तिहरू पनि चपेटामा परेका थिए, जसका कारण मृत्यु सङ्ख्या कम्तीमा २७० पुगेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै