मुख्य समाचार
खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग | रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद |

भद्रपुर बजारकाे दुर्गा मन्दिरमा भव्य दसैँपूजा गरिने

देश प्रदेश डेस्क 5410+ समाचार ( )
९ अशोज २०८१, बुधवार

झापा    झापाको भद्रपुरमा बर्षेनी गरिँदै आएको दुर्गा पूजाको तयारी बारे आज छलफल गरिएको छ ।  भद्रपुर–६, मुख्य बजारस्थित दुर्गा मन्दिरमा दसैँमा गरिने सार्वजनिक पूजाको तयारीका सन्दर्भमा भद्रपुर नगरपालिकाको सभा हलमा सरोकारवालाबीच छलफल गरिएको हो ।

सार्वजनिक दुर्गा पूजा समितिका कार्यवाहक अध्यक्ष अजय साहेवालाको अध्यक्षता एवम् भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी बन्ध्रुप्रसाद वाँस्तोलालगायत जिल्लास्थित तीन वटै सुरक्षा निकायका प्रमुखहरू, सरकारी निकायका प्रमुखहरू, भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरू, धार्मिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीहरूको उपस्थिति थियो । 

समितिका सचिव राजेन्द्र चापागाईँले सञ्चालन गरेको कार्यक्रममा परम्परागत रुपमा दशकौँदेखि भद्रपुरस्थित दुर्गा मन्दिरमा गरिँदै आएको पूजालाई यस वर्ष अझ भव्य, परिष्कृत कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । घटस्थापनादेखि विजयादशमीसम्म तिथि अनुसार गरिने पूजा विधिका बारेमा जानकारी गराइएको छलफलमा प्रजिअ बास्तोलाले पूजा अवधिभर सुरक्षाका लागि सुरक्षा निकायका सबै अङ्गलाई खटाइने जानकारी दिए । 

नगरप्रमुख पोखरेलले भद्रपुरमा गरिने दुर्गा पूजा हरेक वर्ष विशेष रहँदै आएको उल्लेख गर्दै यस वर्ष पूजालाई अझ भव्य बनाउने गरी जुट्न सबैसँगआग्रह गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार