मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

अराजक गतिविधि गरेको भन्दै एमाले हल्दिबारीका नारायण लुइँटेल निलम्बन (विज्ञप्तिसहित)

देश प्रदेश डेस्क 5451+ समाचार ( )
२३ भाद्र २०८०, शनिबार

झापा पटक-पटक अराजक गतिविधि गरेको भन्दै नेकपा एमालेको हल्दिबारी गाउँ कमिटीले पार्टी सदस्य नारायणप्रसाद लुइँटेललाई निलम्बन गरेको छ ।

एमाले सम्बद्ध राष्ट्रिय युवा संघ हल्दिबारी गाउँ कमिटीको भदौ २१ गते आयोजित शपथ ग्रहण कार्यक्रममा लुइँटेलको नेतृत्वमा आएको अराजक भीडले हुलहुज्जत गरी उनकै निर्देशनमा ब्यानर च्यात्ने ,माइन्यूट च्यात्ने ,फोहोरी शब्द बोल्नेलगायतका अमर्यादित कार्य गरेको गाउँ कमिटीले जनाएको छ ।

त्यस्तै अधिवेशनबाट नेतृत्व चयन गर्नका लागि गठित अध्यक्ष मण्डल तथा पार्टी गाउँ कमिटीको निर्णयविपरित क्रियाकलाप गरेका लुइँटेलले भदौ १८ गतेको गाउँ कमिटीको १० औं सचिवालय बैठकमा मर्यादाविपरित प्रवेश गरेर गालीगलौज र हातपात गरेको जनाइएको छ ।

हल्दिबारी गाउँ कमिटीको हिजो बसेको बैठकले पार्टी अनुशासनविपरित कार्य गर्ने लुइँटेललाई पार्टी सदस्यसमेत नरहने गरी दुई वर्षको लागि निलम्बन गरिएको अध्यक्ष त्रिलोचन सापकोटा र सचिव सागर पोर्तेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार