मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

दमकको एक सहकारी कार्यालयमा आगजनी गर्ने चार पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

झापा / बन्द अबस्थामा रहेको दमकको एक सहकारी संस्थाको कार्यालय भवनमा आगो लगाई तोडफोड गर्ने चारजना पक्राउ परेका छन् ।

हिजो राति १.४० बजे दमक वडा न.९स्थित हाल बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको सटरमा आगो लगाई तोडफोड गर्ने चारजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी ४ बस्ने २० वर्षीय आकाश खड्का ,दमक ९ बस्ने २५ वर्षीय आकाश सोरेन ,धनकुटा पाख्रिबास ८बस्ने २२ वर्षीय सुजन दर्जी र उर्लाबारी १बस्ने २१ वर्षीय बिक्रम तामाङ रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सटर फोड्न प्रयोग हुने फलामको औजार पिलास १ थान,फलाम काट्ने कैँची १थान, काँटी उखाल्न प्रयोग हुने फलामको रड १थान, हथौडा १थान,पन्युँ १ थान र पेट्रोलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार