मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

साढे २७ कराेड लागत स्टिमेट गरेकाे पक्की पुल हल्दीबारीले २ कराेड ३० लाखमा बनायाे

देश प्रदेश डेस्क 5493+ समाचार ( )
८ जेठ २०८२, बुधवार

झापा । पक्की पुल निर्माण सम्झौता अवधि दुई वर्षको भएपनि ५ महिना अघि नै हल्दीबारीमा एउटा पक्की पुल निर्माण सम्पन्न भएकाे छ ।  गाउँपालिकाकाे वडा नं ५ र १ जोडने भुतेनी खाेलामा पक्की पुल वि. सं. २०७९ मङ्सिर  ७ गते सम्झौता भएपनि समयसीमा भित्र नै कार्य सम्पन्न भएको हो।

४२ दशमलव ७ मिटर लम्बाई र ७ दशमलव २ मिटर चौडाइ भएको पुल सारा सृष्टि निर्माण सेवा प्रा. लि. ले निर्माण गरेको पुल २ करोड ३० लाख लागतमा सम्पन्न भएको हो।

निर्माण सम्पन्न भएकाे पक्की पुल आज एक कार्यक्रमकाबिच झापा क्षेत्र नं ३ का संघीय सांसद   राजेन्द्रप्रसाद लिङदेनले उद्घाटन गरेका छन्।

प्रमुख अतिथि समेत रहेका लिङ्देनले हल्दीबारी गाउँपालिकाकै बजेट व्यवस्थापनमा पुल निर्माण भएकाेमा खुशी व्यक्त गरे ।
लिङदेनले गाउँपालिकाको काठेपुल मुक्त बनाउने लक्ष्य अनुसार समयमै काम सम्पन्न भएको भन्दै सीमित स्रोत भएको पालिकाले आफ्नै लगानीमा यति ठूलो कार्य सम्पन्न गरेपछि जनप्रतिनिधि र कर्मचारी इमान्दार भए विकास सम्भव हुने बताए । राजनीतिक भाषण नगरेका उनले सवै एकजुट भएमा थाेरै बजेटले ठूलाे काम हुने याे पुलले प्रमाणित गरेकाे उनकाे भनाइ थियाे  । 

गाउँपालिकामा भुतेनीमा १ र भुसुडीमा २ गरी एकैसाथ ३ वटा पुल शिलान्यास गरिएको थियो भने ४ करोड ९६ लाख ८५ हजार ९ सय रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

पुल महाशाखाले गरेकाे स्टिमेट भन्दा करिब २५ कराेड २० लाख कम बजेटमा एउटा पुल निर्माण सम्पन्न गरेकाे पालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन (महेन्द्र )ले जानकारी दिए। अन्य २ वटा पुल पनि निर्माणको अन्तिम चरणमा पुगेकाे कार्यक्रममाथि प्रष्ट पार्दै उनले जनाए ।

हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा पालिकामा सीमित बजेट भएपनि विकास निर्माणका क्षेत्रमा पालिका सदैव अघि रहेको धारणा राखेका थिए। सात वर्षमा १५० काठेपुल,बासेपुल,कल्भर्ट लगायत विस्थापित गरी  पक्की पुल, कल्भर्ट बनाइएको जानकारी दिए ।

योजना शाखा प्रमुख राजन न्यौपानेले सञ्चालन गरेकाे कार्यक्रममा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको तर्फबाट नेकपा एमालेका गाउँकमिटि अध्यक्ष त्रिलोचन सापकोटाले मन्तव्य राख्दै पालिकाले गरेकाे कामकाे प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार