मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |
मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |


प्रहरी कार्यालयकै छेउमा युवक मारिए, ३ वर्षसम्म भएन हत्याराको पहिचान

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१ चैत्र २०८१, शुक्रबार

२०७८ सालको फागु पूर्णिमाका दिन काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा एक व्यक्तिको जघन्य हत्या भयो । तर तीन वर्ष बितिसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन ।

प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको दाबी गरे पनि तीन वर्षदेखि यो घटना रहस्यकै गर्भमा छ । दिनदहाडै युवकलाई मार्ने समूहको भिडिओ नै फेला परेको छ । न भिडिओबाट हत्याराको पहिचान हुन सकेको छ, न अनुसन्धानमा प्रहरीले कुनै प्रगति गरेको छ ।

करिब ३०/४० जनाको भिड अगाडि दिउँसै मध्यसडकमा व्यक्ति हत्या हुँदा समेत प्रहरीले अहिलेसम्म त्यसको गुत्थी पत्ता लगाउन सकेको छैन । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) कमान्ड गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट करिब डेढ/दुई सय मिटर टाढा भएको यो अपराधको गुत्थी सुल्झाउन प्रहरीलाई निकै सकस परेको छ ।

होलीको दिन सडकमै मारिएका व्यक्ति अन्दाजी २५ वर्षका रोशन राई हुन् । प्रहरी स्रोतका अनुसार उनी बागबजारस्थित भक्तपुर बसपार्ककै सार्वजनिक शौचालयमा काम गर्दै आएका थिए । पैसा लिएर शौचालय प्रयोग गर्न दिने काम गरिरहेका उनी होलीको दिन (४ चैत २०७८) दिउँसो साढे १२ बजे बागबजारको भक्तपुर बसपार्कस्थित सडकमा मारिएका थिए ।

प्रहरीको अनुसन्धानअनुसार शौचालय प्रयोग गरेका व्यक्तिले पैसा नदिएपछि राईले चक्कु लिएर ती व्यक्तिलाई केही परसम्म लखेटका थिए । चक्कु लिएर लखेट्दै गरेको भिडिओमा प्रष्ट देखिन्छ ।

त्यसपछि फर्कने क्रममा भने राईमाथि आक्रमण हुन्छ । पैसा नदिएको भनिएकै समूहका केही व्यक्ति उनको पछि-पछि दौडिँदै आएको भिडिओमा देखिन्छ । दौडिँदै आएका तीन जनाले लडाएर उनलाई कुटेको पनि भिडिओमा देखिन्छ ।

मध्य दिन यो घटना हुँदा वरपर ३०/४० जना व्यक्तिको भिड समेत देखिन्छ । त्यहाँ कसैले पनि आक्रमण गर्नेलाई रोक्न खोजेको देखिँदैन ।

जिन्स पाइन्ट र कालो-सेतो चेक सर्ट लगाएका राईलाई ४/५ जनाको समूहले आक्रमण गरेर सडकमा ढाल्छन् । उनलाई लडाउँदै अनुहार, पेट, छातीमा जुत्ता लगाएको खुट्टाले प्रहार गरिन्छ । त्यसपछि राई अचेत हुन्छन् । भिडिओमा आक्रमण गर्ने समूह प्रष्टै देखिन्छ । आक्रमण गर्नेहरुले अनुहारमा भने मास्क लगाएका हुन्छन् ।

आक्रमणपछि उनीहरु राईलाई छाडेर जान्छन् । केही पर पुग्ने वित्तिकै फेरि फर्केर आएर एक जनाले हात्ताले हान्छन् । त्यसपछि बल्ल होलीको सेता टि-सर्ट लगाएका एक युवकले आक्रमण गर्नेलाई नहान्न भन्दै सम्झाएको जस्तो भिडिओमा देखिन्छ ।

त्यतिबेलै बसको ओहोर-दोहोर हुन्छ । अचेत अवस्थामा भुईंमा टुक्रुक्क बसेको अवस्थामा निलो टि-सर्ट र कालो विन्डचिटर लगाएका व्यक्तिले राईलाई फेरि पेटमा लात्तीले हान्छन् । त्यसपछि भने राई उत्तानो परेर भुईँमा ढलेको देखिन्छ ।

आक्रमणकारी फरार हुन्छन् । बागबजारको व्यवस्त सडकमा मध्य दिन मान्छेको ओहोरदोहार पनि भइरहन्छ । तर भुईंमा ढलेका राईलाई उद्धार गरेर कसैले पनि अस्पताल पुर्‍याउँदैन ।

४/५ जना समूहको आक्रमणबाट युवकको मृत्यु भएको तीन वर्ष पूरा भएको छ । तर घटना भने अझै सुल्झन सकेको छैन । राईको हत्या भएपछि प्रहरीले सीसी क्यामेराको आधारमा अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यतिबेला निकै चासो देखाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार