मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

गिरीबन्धुका चिया मजदुरले ज्याला पाएनन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

झापा चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको छ । गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखी तलव नपाएपछि समस्या भएकाे हाे ।

चिया बगानमा कार्यरत १७० जना चिया मजदुरले १२-१२ दिनमा पाउँदै आएको तलव सुविधा नपाएको गुनासो गरेका छन् ।

चिया टिपेको ज्यालाबाट विहान बेलुकाको दैनिकी चलाउने चिया मजदुरले साहुले पनि बाँकी दिन छोडेको बताएका छन् । साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाई छ ।

चिया मजदुर एवम् मजदुर नेतृ सावित्रा बञ्जराले खाली पेटमा चिया टिपाई भईरहेको बताइन् । अब भोकभोकै काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै तत्काल मजदुरको ज्याला उपलब्ध गराइदिन माग गरिन् ।

तीन पुस्ताले चिया टिपेको बगानमा अहिले आएर सञ्चालकहरुबाट मजदुरमाथि अन्याय भइरहेको उनको भनाई छ । भोकमरी सहेर पनि साहुको काम गरिरहेको बताउँदै बञ्जराले अनेक समस्याहरुका बाबजुत काम गर्नुपरेको बताइन् । उनले मजदुरको ज्याला दिलाई दिन सरोकारवालासँग आग्रह समेत गरेकी छन् ।

तत्कालै चिया मजदुरले पाउनुपर्ने वेतन नपाए आन्दोलनमा जाने चिया मजदुरको भनाई छ । उनका अनुसार भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सञ्चालकहरुले लिनुपर्ने छ ।
दैनिक ५ सय रुपैयाँका दरले ज्याला पाउने चिया मजदुरहरुले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको मजदुरहरुको भनाई छ ।

बगान फाड्ने र घाटाको समस्या देखाउदै उनीहरुलाई दिनुपर्ने ज्यालामा कम्पनीले आलटाल गर्दै आएको छ । यता, चिया मजदुर सुकमती देवानले दैनिक रुपमा चिया पत्ति टिपेर बुझाइरहँदा पनि कम्पनीले घाटा भएको बताउने गरेको जानकारी दिइन् । १२ दिनको तलव जबरजस्ती बुझुनका लागि दवाव आइरहेको देवानको भनाई छ । कम्पनीको तर्फबाट चिया बगान बन्द गर्ने जस्ता धम्की दिदैं मजदुरलाई ज्याला रोकिरहेको उनीहरुको भनाई छ । बगानको स्याहार समेत हुन छोडेको बताउँदैं चिया मजदुर देवानले मजदुरको असुरक्षा भइरहेको बताइन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाईका अध्यक्ष नारायण दर्जीले श्रम गर्ने मजदुरले अब भोकै काम गर्न नसक्ने बताए । श्रम गर्ने मजदुरलाई तत्काल भुक्तानी दिन दर्जीले आग्रह गरेका छन् ।

बगानका व्यवस्थापक सन्त कुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । उनले आर्थिक संकटकै कारण मजदुरको भुक्तानी रोकिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार