मुख्य समाचार
विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु |

झापा अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता फागुन ४ मा

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२९ माघ २०८०, सोमबार

झापा झापामा अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।  आगामी फागुन ४ गतेदेखि ११ गतेसम्म शिवसताक्षी नगरपालिका झिलझिलेमा अन्तरपालिका स्तरीय कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा जिल्लाको १५ पालिकाको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टिमलाई नगद ७० हजार र उपविजेता टिमलाई नगद ४० हजारसहित ट्रफि प्रदान गरिने शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । यस प्रतियोगिताले कर्मचारीहरूलाई खेलमा प्रोत्साहन गर्दै उनीहरूको स्वास्थ्य र तनावरहित तवरले कार्य सम्पादन गर्न अपेक्षा गरिएको उनले बताए । 

प्रतियोगिताको सुरुवाती खेल १२ बजेबाट सुरु हुने र दिनमा तीन वटा खेल सञ्चालन हुने जनाइएको छ । गत वर्ष बिर्तामोड नगरपालिकाले आयोजना गरेको अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचालेको थियो । उपाधि उचालेसँगै २०८० को आयोजक शिवसताक्षी नगरपालिका बनेको हो । प्रतियोगिता झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार