मुख्य समाचार
ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ |

मिटर ब्याजः ४ करोड बढीको दाबी १ करोडमा सल्टियो !

देश प्रदेश डेस्क 5439+ समाचार ( )
३१ श्रावण २०८०, बुधवार

झापा  मिटर ब्याजविरुद्धको सुनुवाइमा सुनसरी प्रशासनले सफलता हात पारेको छ । ४ करोड ६० लाख दाबीसहितको मिटर ब्याजीविरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमा टुङ्ग्याएको छ ।

आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्षअघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिएका थिए । आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्ससमेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए । 

मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तिएपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको मागसहित सुनसरी प्रशासनमा उजुरी दिएको सुनाए । उजुरी उपर छानबिनपश्चात् प्रशासनबाट आफूले न्याय पाएकोमा उनले खुसी व्यक्त गरे ।

यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटर ब्याजीविरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताइन् । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउन सके पीडितले सहजै न्याय पाउने बताइन् । प्रजिअ पाण्डेले जिल्लामा ५ सय बढी मिटर ब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिइन् ।ब्लाष्ट खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार