मुख्य समाचार
गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु |

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा अर्जुन मैनालीलाई उम्मेदवार बनाउने

देश प्रदेश डेस्क 5338+ समाचार ( )
७ पौष २०८०, शनिबार

झापा बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा हालका महासचिव अर्जुन कुमार मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ । मैनालीलाई अध्यक्षको उम्मेवारको रुपमा औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको हो ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले पुस ११ गते ११ बजे बृहत विस्तारित भेलाबाट मैनालीको उम्मेवारी घोषणा गर्ने जनाएको छ । झापाका स्थापित व्यवसायी मैनालीले यसअघि महासचिव पदमा विजयी हासिल गरेका थिए । मैनालीलाई अध्यक्षका रुपमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले समेत आफ्नो औपचारिक उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ । नगर पार्टीको विस्तारित भेलाले मैनालीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

बिर्तामोडको व्यवसायिक वृत्तमा लोकप्रिय मानिएका मैनालीले स्वतन्त्र व्यवसायिक प्यानल बनाएर व्यवसायीको साझा उम्मेदवार बन्ने जनाएका छन् । उनले सबै व्यवसायीहरुलाई विस्तारित भेलामा सहभागी हुन आव्हान समेत गरेका छन् । अध्यक्षमा मैनालीले उम्मेदवारी दिने चर्चासँगै बिर्तामोडका व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।
वाणिज्य संघको निर्वाचन फागुन १४ गते हुदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार