मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

दुर्घटनामा परि एकै परिवारका तीन नेपालीको मृत्यु, एक जान घाइते

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

झापा / अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको सवारी दुर्घटनामा परेर चितवन घर भएका एकै परिवारका तीन नेपालीको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन् । उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ती दम्पतीकी आमा (हजुरआमा) गम्भीर घाइते भएकी छन् । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको भिक्टोरिया प्रहरीले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले हाल उनको अवस्था स्थिर रहेको र ज्यान संकटमुक्त भएको बताएका छन् । दुर्घटना सब–वेबाट मुख्य सडकमा निस्कँदै गर्दा मालबाहक ट्रकले कारलाई ठक्कर दिँदा भएको बताइएको छ । ट्रक चालक भने सामान्य रूपमा घाइते भएका छन् । परिवारका अन्य सदस्यहरू अर्को सवारीमा केही दूरी पछाडि थिए र घटनाबारे पछि मात्रै जानकारी पाएका थिए ।

भिक्टोरियाका वाणिज्यदूत नीराजन गौलीले घटनालाई “निकै पीडादायक र दुःखद” भन्दै दुःख प्रकट गरेका छन् । उनले तीन जना नेपालीको घटनास्थलमै मृत्यु भएको र एक जना महिलाको उपचार भइरहेको पुष्टि गरे ।

त्यसैगरी, एनआरएन (गैरआवासीय नेपाली संघ) भिक्टोरियाका संयोजक महादेव धानुकले घाइतेको उपचार र परिवारलाई आवश्यक सहयोगका लागि संघ सक्रिय रहेको बताएका छन् । भिक्टोरिया प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार