मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

सर्वोच्चले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने भएको छ।

बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले एक विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ गर्ने जानकारी दिएका हुन्।

‘यस अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ,’ उनले भनेका छन्।

भदौ २४ गते भएको प्रदर्शनको क्रममा सर्वोच्च अदालत सहित काठमाडौंका प्रमुख प्रकाशकीय भवनहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए।

आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति प्रधान न्यायाधीश राउतले दु:ख व्यक्त गरेका छन्। 

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दी प्रत्यक्षीकरणको सुनुवाइ एनेक्स भवनमा गर्ने तयारी छ।

‘हामीले कम्युटरहरू राख्ने, बत्ती जडान गर्ने कामहरू गर्‍यौं। अब केही दिनमा इन्टरनेटको पनि प्रबन्ध पनि गर्दछौं, हाललाई बन्दी प्रत्यक्षीकरणको मात्र सुनुवाइ हुने भएको हो,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘अरू अदालतमा पनि व्यवस्थापन गर्न निर्देशन दिइएको छ।’

प्रधान न्यायाधीश राउतले अदालतका मिसिलका कागजातहरू र भौतिक स्रोत साधनको संरक्षण गर्न खटेका न्यायाधीशहरू, कर्मचारीहरू, कानुन व्यवसायीहरू, कानुनका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू तथा नागरिकलाई धन्यवाद दिएका छन्। 

viber_image_2025-09-11_16-22-09-048-1757587780.jpg

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै