मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

चारजना शैक्षिक अगुवालाई उत्कृष्ट नारी सम्मान

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

झापा  । मेचीनगर लेडी जेसीजले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार नगरका चारजना महिलालाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ ।

धुलावारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य सविना बजगाई, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । उत्कृष्ट नारी सम्मान प्राप्त गर्नेहरुमा सावित्रा सापकोटा राई , गोमा बुढाथोकी, अनिता थापा र अमृता आङ्देम्बे छन् । नगरको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिएको हो । सापकोटा इष्ट होराइजन माविका प्रशासन प्रमुख, बुढाथोकी एभरेष्ट अंग्रेजी माविका सहायक प्रधानाध्यापक, थापा पशुपति अंग्रेजी माविका सञ्चालक र आङ्देम्बे होलीवेल माविका सञ्चालक हुन् ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष पवित्रा विमली प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा लामो समयदेखि शैक्षिक क्षेत्रमा आवद्ध भएर समाजमा शिक्षाको प्रकाश फैलाउँदैं राष्ट्रका कर्णधार र दक्ष जनशक्ति उत्पादनमा खेलेको अतुलनीय योगदानको उच्च सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको जनाईएको छ । सम्मानित व्यक्तित्वहरुको जीवनीबारे मेचीनगर लेडी जेसीजकी सचिव सुष्मा राजवंशीले जानकारी दिएकी थिइन् । कार्यक्रमको औचित्यमाथि अध्यक्ष पवित्रा विमली प्रसाईले प्रकाश पारेकी थिइन् ।

.

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार