मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

आफ्नो जग्गा भन्दै सिग्देलले फाडे गिरीबन्धु चिया बगान,५ करोड क्षति भएको संचालकको दावी

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

झापा  । अर्जुनधारा ११ का प्रेमप्रसाद सिग्देलले आफूखुशी गिरीबन्धु टी इस्टेटको चिया बगान फाडेर भोगचलन गर्न थालेका छन् ।

चिया बगानको जग्गा आफ्नो भएको दावी गर्दै सिग्देल परिवारले शुक्रवार जेसीवी लगाएर गिरीबन्धु टी इस्टेटको १४ कठ्ठा चिया बगान फाडेका हुन् । सिग्देलले गत मंसिर २९ गते नापी कार्यालय भद्रपुरबाट सरकारी अमिन प्रमोद अधिकारीलाई बोलाएर नापजाँच गरेका थिए । सरकारी अमिन बोलाएर नापजाँच गर्दा सँधियारको रुपमा रहेका गिरीबन्धु टी इस्टेटका संचालकलाई बोलाइएको थिएन । उनीहरुले आफूखुशी नापजाँच गरेर किल्ला गाडेका थिए भने प्रतिवादीको उपस्थिति बिना नै अमिन अधिकारीले सर्जमिन मुचुल्का बनाएका थिए । अर्जुनधारा ११ का वडा सदस्य पूर्णबहादुर राईको रोहवरमा तयार गरिएको मुचुल्कामा सिताराम श्रेष्ठ , अर्जुनबहादुर राई , सन्तकुमार राई , कृष्ण कडरिया र इन्द्रप्रसाद कडरियाले साक्षीको रुपमा हस्ताक्षर गरेका छन् । त्यही मुचुल्काको आधारमा सिग्देल परिवारले गिरीबन्धु टी इस्टेटको चिया बगान फाडेका हुन् । आफूलाई थाहै नदिई जग्गा नापजाँच गरेको र चियाबगान फाडेको गिरीबन्धु टी इस्टेटका संचालक छत्र गिरीले बताए । आफ्नो पाँच करोडभन्दा बढी क्षति भएको भन्दै उनले क्षति गर्नेहरुविरुद्ध उजुरी दिने तयारी गरिएको बताए । सिग्देल परिवारले गिरीबन्धु टी इस्टेटको ४ हजार चियाको बोट र पाँचवटा सिरिसको बोट ढालेको जनाइएको छ ।

अर्काको जग्गामा आफ्नो जग्गा परेको खण्डमा सरकारी अमिन ल्याएर सम्बन्धित सँधियारको रोहवरमा नापजाँच गर्ने र मुचुल्का तयार गर्ने गरिन्छ । त्यस नापजाँचप्रति चित्त नबुझेको खण्डमा मुचुल्कामा हस्ताक्षर नगरी ती सँधियारले आफ्नो तर्फबाट अर्काे अमिन बोलाउन पाउने अधिकार रहन्छ । आफूलाई खबरै नगरी भूमाफियाहरुले चिया बगान फाडेको गिरीबन्धु टी इस्टेटका संचालक गिरीले बताए ।

सिग्देलले २०५२ सालमा अर्जुन राई अध्यक्ष रहेको सुकुम्बासी आयोगबाट १८ कठ्ठा ऐलानी जग्गा आफ्नो नाममा पारेको बताइएको छ । त्यही जग्गा खोज्दै उनले गिरीबन्धु टी इस्टेटको बगान फाडेका हुन् । उत्तरतिरबाट जापजाँच गर्दा सिग्देलको जग्गा बगानभित्र परेको देखिएपनि दक्षिणतिरबाट नापजाँच गर्दा सिग्देलले फाँडेको ठाउँबाट ११० मिटर उत्तरसम्म चिया बगानको जग्गा पर्ने देखिएको एक सरकारी अमिनले बताएका छन् । आफूलाई कुनै जानकारी नदिई सर्जमिन मुचुल्कामा रोहवर बस्न लगाएको अर्जृुनधारा ११ का वडा सदस्य पूर्णबहादुर राईले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार