मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

अस्पतालबाट बेपत्ता शिशुको बिक्री गरेको अवस्थामा उद्धार, डाक्टर पक्राउ

देश प्रदेश डेस्क 5339+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुको उद्धार गरिएको छ ।

प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ बाट मंगलबार शिशुको उद्धार गरेको हो । शिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको जनाएको छ ।

शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा डा. कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीले जनाएको छ ।

आफ्नो सन्तानलाई बेपत्ता पारेको भन्दै शिशुको आमाले जाहेरी दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण र गोविन्द राई नामका युवकलाई पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा शिशु मोरङ कटहरी गाउँपालिका– २ की दिलमाया राजवंशीलाई बिक्री गरेको खुलेको थियो ।

शिशुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

बच्चा बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिकका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार