मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

भद्रपुरमा यिनै युवायुवतीले झाडीमा शिशुलाई फाले , प्रहरीले पहिचान गर्दै

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१८ भाद्र २०८०, सोमबार

झापा । गत साता भद्रपुरमा झाडीमा नवजात शिशु फालेर फरार हुनेहरुको पहिचान खुल्न लागेको छ ।

सीसीटीभी फुटेजका आधारमा शिशुलाई झाडीमा फाल्ने युवा युवतीको पहिचान खुल्न लागेको हो । गत भदौ १२ गते मंगलवार साँझ ७ बजेर २३ मिनेटमा दुई युवायुवतीले शिशु झाडीमा फालेको सीसीटीभीमा देखिएको छ । आकाशे रंगको कुर्ता र पाइन्ट लगाएकी अन्दाजी १७–१८ वर्षकी युवती र कालो सेतो चेक सर्ट र पाइन्ट लगाएको , पछाडि व्याग भिरेको अन्दाजी २२–२३ वर्षको युवाले ती शिशुलाई संगै बोकेर ल्याउँदै गरेको किरात कोलोनी भवन छेउको घरमा रहेको सीसीटीभी फुटेजमा हेर्न सकिन्छ ।

शिशु बोकेर संगै आउँदै गरेका उनीहरुलाई स्थानीय मनिका गिरीले पनि देखेकी थिइन् । युवाले ती शिशुलाई अप्ठ्यारो गरी बोक्दा गिरीले कसरी नानी बोक्नु भएको ? भनेर सोधेको स्थानीय परी खवासले जानकारी दिइन् । सीसीटीभीको फुटेज हेर्दा शिशु फाल्नेहरु नजिकका नभएको अनुमान गर्न सकिन्छ । शिशुलाई लगाइदिएको बाक्लो खालको टोपी , मोजा , पन्जाबाट ती शिशु गर्मी ठाउँको नभएर पहाडी क्षेत्रको हुनसक्ने अनुमान पनि गरिएको छ । अनैतिक सम्बन्धबाट जन्मिएको वा कसैले अह्राएर ती युवायुवतीले शिशु फालेको हुनसक्ने स्थानीय परी खवासले बताइन् ।

त्यस सीसीटीभी फुटेजका बारेमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षकलाई त्यस सीसीटीभी हेर्न पठाएको जानकारी दिए । सीसीटीभी मधुरो भएकाले स्पष्ट रुपमा ती युवा युवतीलाई पहिचान गर्न गाह्रो भएको डीएसपी रिजालको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै