मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

बौद्ध धर्मावलम्बीहरु एकजुट भएर मेचीनगरमा ल्होछार पर्व मनाउने

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

झापा । आउँदो माघ २० गते पूर्वबाट एकताको सन्देश दिने उद्देश्यले बौद्ध धर्मावलम्बीहरु एकजुट भएर ल्होछार पर्व मनाउने भएका छन् ।

चार वटा जातीको संयुक्त ल्होछार (डुग ल्हो) समितिको आयोजनामा मेचीनगर–१३ मा बसोबास गर्ने शेर्पा, मगर, तामाङ र मगरले एकैसाथ माघ २० गते ल्होछार पर्व मनाउँने भएका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा चारआली उत्तर पुरानो गुम्बा भएको स्थानमा आयोजना गरिने ल्होछार विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा वडामा बसोबास गर्ने चारवटै जातीको ऐक्यवद्धता रहेको आयोजकले बताएको छ ।

एकै समयमा एकैचोटी सबै जातीले पर्व मनाउँदा भव्य पनि हुने र सबै जातीको ऐक्यवद्धता रहने भएकोले नौलो अभ्यासको शुरुवात गर्न लागिएको आयोजक समितिका अध्यक्ष फूर्वा लामाले बताए ।

‘सरकारले यहि पर्वका लागि पटक–पटक छुट्टी दिँदा राज्यलाई धेरै भार पर्छ’, उनले भने–‘त्यसैले सबै जाती मिलेर एकैदिन किन पर्व मनाउन सकिँदैन र भनेर पनि हामीले यसरी ल्होछार पर्व मनाउन लागेका हौँ ।’

एकैसाथ मनाउदा एकताको सन्देश प्रवाह हुने भएकाेले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ संघका जिल्ला सदस्य मानबहादुर तामाङले बताए ।

ल्होछार पर्वका दिन प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईको प्रमुख आतिथ्य तथा प्रदेश १ ‘क’ र ‘ख’ का सांसदहरु, मेचीनगर नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य लगायत विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार