मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

उखु किसानले गत सालकाे भन्दा आधा मात्रै अनुदान भुक्तानी पाउने

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

झापा / गत आव २०८१/८२ को बजेटमा उखु खेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेकाे भएपनि सरकारले स्रोत अभाव भएको भन्दै किसानलाई आधामात्रै अनुदान दिने निर्णय गरेकाे छ । 

विगतका वर्षहरुमा उखु किसानले प्रति क्विन्टल ७० रुपैयाँका दरले पाएकाे अनुदान आर्थिक वर्ष ०८१/०८२मा भने आधा रकम मात्रै पाउने भएका छन् । गत २२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । 

गत आव कुल २ करोड १६ लाख क्विन्टल उखु क्रसिङ भएको सरकारी तथ्यांक छ । प्रतिक्विन्टल ३५ रुपैयाँका दरले हिसाब गर्दा किसानले कुल ७५ करोड ६० लाख रुपैयाँ अनुदान पाउनुपर्ने देखिन्छ । तर, सरकारले ७० करोड मात्रै निकासा गरेको जनाएको छ ।

कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम यो रकम विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानलाई भुक्तानी गर्ने गरी निकासा गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।

उखु किसानले यसअघि पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ नै अनुदान पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । तर, सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान हिसाब गरेर रकम निकासा गरेको हो ।

‘अहिले यो रकम निकासा भएको छ । किसानहरूसँग वार्ता भइरहेको छ । त्यसमा केही सहमति भयो भने त्यसै अनुसार हुनेछ,’ प्रवक्ता पाण्डेले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार