मुख्य समाचार
१० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकराव | झापामा ट्याक्टर र माेटरसाइकल ठाेकिँदा माेटरसाइकलमा सवार तीनमध्ये बाबु छाेरीकाे मृत्यु | बिर्तामाेडमा श्रीमतीलाइ फलामको रडले घोचेर घाईते बनाई घरको ३ तला माथिबाट हाम फाल्दा श्रीमानकाे मृत्यु | सरकारी माेटरसाइकल प्रयाेग गरी लागूऔषध ल्याउने दुई जना पक्राउ | चट्याङसहित आज पूर्वी तराईमा वर्षा | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्याे | संसदीय बहसबाट बालेनको दूरी: सामर्थ्यको अभाव कि परम्परागत कार्यशैलीविरुद्धको विद्रोह? | बिर्तामोड देखि नक्कली नेपाली नागरिकता सहित एक युवक पक्राउ | झापामा चारजनाको सवारी लाइसेन्स ‘खारेज’ | झापामा पानीमा डुबेर दुईजनाको मृत्यु |

यसोदा निरौला प्रतिष्ठानद्वारा शव वाहन सञ्चालनमा, विपन्नलाई निःशुल्क सेवा

देश प्रदेश डेस्क 5210+ समाचार ( )
७ जेठ २०८१, सोमबार

झापा ।  यसोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड–५ झापाले शव वाहन सञ्चालनमा ल्याएको छ ।

यसोदा निरौलाको नवौं स्मृति सभाको अवसरमा प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको हो । विपन्न समुदायलाई निःशुल्क सेवा दिने उद्देश्यले सात लाख रुपैयाँको लागतमा सुविधायुक्त शव वाहन खरीद गरि आजदेखि शव वाहन सञ्चालन ल्याइएको प्रतिष्ठानका सचिव तथा स्वर्गीय निरौलाका पति रमेश निरौलाले जानकारी दिए ।  

“विपन्न समुदायलाई निःशुल्क सेवा दिने उद्देश्य रहेको छ”, उनले भने, “आर्थिक अवस्था कमजोर भएकै कारण घाटसम्म शव पुर्याउन नसक्ने अवस्थाका समुदायलाई निःशुल्क र आर्थिक अवस्था राम्रो भएकालाई सञ्चालन खर्च मात्र लिएर सेवा दिन्छौं ।”

वि.सं. २०७२ सालमा स्थापना भएको प्रतिष्ठानले रक्तदान, निःशुल्क आँखा शिविर, अशक्तलाई ह्वीलचियर, चार महिलालाई आर्थिक सहयोग, ११० जनाको निःशुल्क स्वास्थ्य बिमा, सामुदायिक विद्यालयलाई अक्षष कोष स्थापनाका लागि एक लाख, पत्रकार महासंघ झापालाई उपचारकोषमा सहयोग गरेको प्रतिष्ठान संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले जानकारी दिए ।

बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा प्रसुति गराउने क्रममा यशोदा निरौलाको मृत्यु भएको थियो । बिर्ता सिटीले उपलब्ध गराएको पाँच लाख रुपैयाँ र परिवारको तर्फबाट पाँच लाख गरी १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी सामाजिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको निराैलाले बताए । हाल कोषमा १५ लाख रुपैयाँ पुगेको छ । कोषलाई बृद्धि गरी सुत्केरी, गर्भवती महिलाको क्षेत्रका काम गर्ने प्रतिष्ठानको दूरगामी सोच रहेको छ । निकष्ट भविष्य थप सुविधा सम्पन्न शव वाहन गर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव रमेश निरौलाले गरेका थियो भने सञ्चालन संस्थापक अध्यक्ष विष्णुकुमार निरौला गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक सागरमणि ढकाल, डिल्लीराम खनाल लगायत प्रतिष्ठानका तथा परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार