मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

श्रीमानकाे खुकुरी प्रहारबाट श्रीमती घाइते

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२८ अशोज २०८१, सोमबार

                                                                                                                    साङ्केतिक तस्वीर

झापा । खोटाङमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाइते भएकी छन् । हिजो दिउँसो २ बजे खोटाङ केपिलासगढी–२ कुदुम बस्ने ५३ वर्षीय धौलाराज राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ४३ वर्षीया ललिता राईलाई घाइते बनाएका छन् । दाहिने कुममा चोट लागेकी ललिताको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने धौलाराजलाई प्रहरी चौकी खार्ताम्छाले खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

योसहित खोटाङमा तीन दिनमा खुकुरी प्रहारका तीनवटा घटना भएका छन् । यसअघि खुकुरी प्रहारका दुई छुट्टाछुट्टै घटनामा दुई जना घाइते भएका छन् । खुकुरी प्रहारबाट साकेला गाउँपालिका–३ खिदीमाका २५ वर्षीया झरना राई र उक्त गाउँपालिकाकै वडा नम्बर १ बाँझेच्यानडाडाँका २६ वर्षीय चन्द्रकुमार राई घाइते भएका हुन् । खिदीमाका २७ वर्षीय रविन राईले नाताले बहिनी पर्ने झरनालाई शुक्रबार साँझ खुकुरी प्रहार गरी सख्त घाइते बनाएको र रविनलाई त्यसैदिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए ।

झरनाको बाँया हातमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि धरान पठाइएको छ । ‘काका–बडाबाउका छोरा–छोरीभित्रैको झगडा हो,’ विष्टले भने, ‘रविन राईलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएका छौँ ।’

त्यस्तै, साकेला गाउँपालिकाकै वडा नम्बर १ बाँझेच्यानडाँडाको डाँडागाउँमा आफ्नै भाइको खुकुरी प्रहारबाट २६ वर्षीय चन्द्रकुमार राई घाइते भएका हुन् । शनिबार बिहान करिब साढे ११ बजेतिर मादक पदार्थ सेवन गरी २० वर्षीय महेश राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा घाइतेको उपचार हुन नसकेपछि उनलाई पनि अन्यत्रै पठाइएको डीएसपी बिष्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार