मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा पानीमा डुबेर एकको मृत्यु , दुई बेपत्ता

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१३ आषाढ २०८१, बिहीबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा झापामा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।

पानीमा डुबेर शिवसताक्षी २ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । घरको पूर्वपट्टी खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घरबाट निस्केका बेस्रालाई बिहीबार बिहान पानीमा डुबेर मृत अबस्थामा देखेपछि उनकी आमाले स्थानीयलाई खबर गरेकी थिइन् । मादक पदार्थ सेवन गर्ने गरेका बेस्रा छारे रोगका बिरामीसमेत रहेका थिए ।

त्यस्तै गौरीगञ्ज वडा न.१ स्थित कमल खोलाले बगाउँदा  वडा न.१ ढेबुबस्तीका ढेबु मुर्मूका अन्दाजी ४० वर्षका छोरा लखीराम मुर्मू बेपत्ता भएकाे गौरीगञ्ज वडा न. १ का अध्यक्ष कात्तिकलाल राजवंशीले बताए ।
बिहीबार  दिउँसो ४ बजे ढेबुबस्तीनजिकै रहेको कमल खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको वडा अध्यक्ष राजवंशीले बताए । जनपद प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा खोजी कार्य जारी रहेको र हालसम्म पनि फेला नपरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

त्यस्तै हिजो साँझदेखि बेपत्ता भएका गौरीगञ्ज गाउँपालिकाका एक किशोरको अवस्था अझै अज्ञात छ।
कमल बनियानी खोलाले हिजो साँझ खोला तर्ने क्रममा बेपत्ता भएका किशोरको अवस्था अज्ञात रहेको गौरीगञ्ज १ का वडा अध्यक्ष राजवंशीले बताए ।

खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिले, प्रहरी चौकी कुञ्जीबारी, प्रहरी चौकी महाभारा, इलाका प्रहरी कार्यालय शिवगञ्ज, सशस्त्र प्रहरी र स्थानीय लागिपरेका छन्। स्थानीयका अनुसार बेपत्ता किशोर सकुशल अवस्थामा फेला पर्न सक्ने सम्भावना कम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै