मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

सुधार गृहबाट भागेका २२१ मध्ये १९४ जना नियन्त्रणमा

देश प्रदेश डेस्क 5336+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

झापा जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रजित केसीले सानोठिमीस्थित सुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा आइसकेको बताएका छन् ।

थप २७ जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक (एसपी) केसीले बताए । ‘उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरी परिचालित छ’, उनले भने ।

सोमबार दिउँसो सुधार गृहको पछाडि पट्टीको ढोका फोडेर कैदीबन्दी फरार भएका थिए । आइतबारदेखि सिर्जित तनावका बीच कैदीबन्दीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई समेत आक्रमण गर्दै भागेको एसपी केसीले बताए ।

उनका अनुसार, त्यसक्रममा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । भित्रका केही कैदीबन्दी पनि घाइते रहेको उनले बताए ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि आइतबार नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।

तर, एसपी केसीले विवाद त्यति मात्रै नभएको बताउँदै भने, ‘भित्र हुने सेवा, सुविधा लगायतको विषयमा पनि असन्तुष्टि रहेछ, त्यसबारे पनि अनुसन्धान गरिरहेका छौं ।’

सुधार गृहको आन्तरिक प्रशासन प्रहरीले नचलाउनले बताउँदै उनले बाहिर सुरक्षाका लागि मात्रै सुरक्षाकर्मी खटिएको बताए । ‘अहिले भित्रको अवस्था सामान्य छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

कैदीको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाएको छ । त्यसलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार