मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

प्रहरीको पुस्तक भद्रपुरका विद्यालयमा पनि पढाई हुने

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

द्रोण अधिकारी
झापा  स्थानीय तह–प्रहरी—विद्यालय सम्पर्कअन्तर्गत नेपाल प्रहरी,विद्यालय र भद्रपुर नगरपालिकाबिच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” लाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान झापाका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूलगायत विद्यालयका प्रधानाध्यापकहरू, सञ्चारकर्मीको उपस्थिति रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत  निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । प्रहरी चौकी जलथलका प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” को आवश्यकता, औचित्य र विषयवस्तुमाथि आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा नेपाल प्रहरीका तर्फबाट जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक  के.सी., नगरपालिकाको शिक्षा शाखाका तर्फबाट योगेन्द्र पौडेल, नगरपालिकाका सम्पूर्ण विद्यालयहरूका तर्फबाट भद्रपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ गुरूङले त्रि–पक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका थिए भने उक्त हस्ताक्षरपत्रको रोहवरमा भद्रपुर नगर प्रमुख पोखरेल तथा झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, सामाजिक विकास समितिकी संयोजक सीता गुरागाई, प्रहरी प्रमुख  केसीलगायतले शुभकामना मन्तव्य राख्दै असल नागरिक उत्पादनमा पाठ्यपुस्तक प्रभावकारी रहेको धारणा राखेका थिए । यसअघि हल्दिवारी गाउँपालिकाले पनि आफ्ना विद्यालयहरुमा प्रहरीको सो पुस्तक पढाउने संझौता गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार