मुख्य समाचार
मनसुनको बिदाइसँगै बाढीपहिरोको जोखिम घट्दै, सतर्कता भने आवश्यक | चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत | लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम |

राप्रपाले आज काठमाडाैँमा निषेधित क्षेत्र तोड्ने

देश प्रदेश डेस्क 5497+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

                                                                                                                 फायल तस्वीर

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार बिहान ११ बजेबाट भेला भई काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ ।  

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । 

राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । एसएसपी खनाल ले निषेधित क्षेत्रमा  सुरक्षाकर्मीको सङ्ख्या बढाएकाे बताए ।

प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । बालुवाटार स्थित प्रधानमन्त्रीको निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो सङ्ख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।

जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले सूचना सङ्कलन गर्न राष्ट्रिय अनुसन्धान विभागबाट पनि सुरक्षाकर्मीहरू परिचालन गर्नेगरी योजना बनाएकाे जानकारी दिए ।

काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् । राप्रपाले प्रदर्शन अनुमति नलिएको हुनाले प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने सुरक्षा रणनीति छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै