मुख्य समाचार
मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित |

झापा इनर्जीद्वारा विद्युत् उत्पादन शुरु

देश प्रदेश डेस्क 5246+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

झापा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट विद्युत् उत्पादन शुरु भएको छ ।

१० मेघावट बिद्युत् उत्पादन गर्ने क्षमता रहेको परियोजनाले अहिले ६ मेघावाट विद्युत् उत्पादन गरिरहेको जानकारी दिएकाे छ । शिवसताक्षी–४मा परियोजना सञ्चालनमा आएको छ । परियोजनाको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

सोलार प्यानलमार्फत उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बोलोचोक सवस्टेशनमा जोडिएको छ । यहाँबाट उत्पादित बिजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन शुरु भइरहेको भट्टराईको भनाइ छ । परियोजनाको उद्घाटन एमाले अध्यक्ष ओलीले २३ माघमा गर्ने कार्यक्रम रहेको  जनाइएकाे छ । यो झापाको पहिलो विद्युत् उत्पादन गृह हो ।

परियोजनामा ८० करोड लगानी छ भने २७ बिगाह जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । आयोजना र प्राधिकरणबीच २०७८ मंसीर १२मै विद्युत् खरिद, बिक्री प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

झापा क्षेत्र नम्बर ४का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको सक्रियतामा चार वर्षअघि शुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास २०७८ सालमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । कम्पनीका अध्यक्ष साँवाले नेपालमा विद्युत् ऊर्जा उत्पादनको ११४ बर्षमा तीन हजार मेघावाट मात्र उत्पादन भइरहेको भन्दै यो प्लान्टले नेपालको ऊर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दावी गरे ।

नेपाल बिद्युत् प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परीक्षण प्रशारणको ३५ दिनमा ८ लाख वाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको जनाए । उनले हाल ६ मेघावाट बिद्युत राष्ट्रिय प्रशारण लाइनमा थप भए पनि मौषम सफा भएको समयमा पूर्ण क्षमतामा उत्पादन हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार