मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

झापामा विपद व्यवस्थापनको एकीकृत अभ्यास सम्पन्न

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

झापा । बाढीको उच्च जोखिममा रहेको झापामा नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको छ । आज झापाको मेचीनगर–१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापनसम्बन्धी बृहत डेमोस्ट्रेसन गरिएको थियो ।

अरिदमन गणमा नेपाली सेनाले संचालन गर्दै आइरहेको अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत बिषयगत प्रस्तुतिकरण तथा गोलबन्ध अभ्यास (टीटीएक्स) संचालन भएको थियो।उक्त कार्यक्रममा आधारित रहेर निचाझोडा सिमसार क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी नेपाली सेना अरिदमन गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला रेडक्रस झापाले संयुक्त रुपमा डेमोष्ट्रेशन गरेका हुन् । उक्त अभ्यासमा बाढीको डुबानमा परेका गाउँबस्तीका स्थानीयहरुलाई तत्काल उद्धार गरेपश्चात् प्राथमिक उपचार गरी अस्पतालसम्म लैजाने, स्थानीय साधन र स्रोतहरु प्रयोग गरी डुबानमा परेका व्यक्तिहरुलाई उद्धारको निमित्त प्रयोग गर्ने साधनहरु प्रयोगबाट उद्धार गर्ने, Under Water Rescue, Highland Rope Rescue, घिर्नी र रोपको सहायताबाट खोचमा परेका व्यक्तिहरुलाई उद्धार गर्ने र जिल्ला रेडक्रस सोसाईटीबाट घाइते तथा बिरामीहरुलाई प्राथमिक उपचार गर्ने र राहत वितरण तथा पीडितहरुलाई व्यवस्थापन गर्ने सम्बन्धी अभ्यास प्रदर्शन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा आयोजित उक्त अभ्यास करिब दुई घण्टा चलेको थियो ।विपदपश्चातको खोज उद्धार र पुनस्र्थापनामा आधारित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र जनसमुदालाई विपदसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उक्त अभ्यास गरिएको गणका प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।

यसैबीच, अभ्यास कार्यक्रमपश्चात् गणले आयोजना गरेको बृक्षरोपण कार्यक्रममा धुपीलगायत फलफूलका बिरुवा रोपिएको छ । गणले उपलब्ध गराएको लिची, जामुन, अमला, गुलमोहरलगायतका २३६ वटा बिरुवा रोपिएको हो । कार्यक्रमका अतिथि तथा अन्य सहभागीहरुले ती बिरुवा रोपेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै