मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

चन्द्रगढी खानेपानीको २३ औं परिषद वार्षिक साधारण सभा सम्पन्न

देश प्रदेश डेस्क 5449+ समाचार ( )
११ माघ २०८२, शनिबार

झापा /  झापाकाे भद्रपुर-१० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २३ औं परिषद वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

चन्द्रगढी माविको सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेशका निवर्तमान खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले गरेका थिए । 

संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ४० वर्ष पहिले सम्पन्न भई सञ्चालनमा आएको जिल्लाकै पुरानो मध्येको खानेपानी आयोजना र सात वर्ष पहिले सम्पन्न भई सञ्चालनमा आएको जिल्लाको पहिलो सह लगानी आयोजनाबाट संयुक्त रुपमा करिब ५ हजार घरधुरी, ९० सरकारी तथा गैर सरकारी कार्यालय, २५ विद्यालय, १४ मठमन्दिर, सार्वजनिक धारा, विश्रान्तिघाट लगायत स्थानहरूको लागि ४५० घनमिटरको दुई वटा होभरहेड ट्याक, दुई प्रकारको पानी प्रशोधन प्रणाली, १५६ किलोमिटर भन्दा बढी पाइपलाइनबाट दैनिक १८ घण्टा भन्दा बढी पानी वितरण गर्दै आएको यो खानेपानी आयोजना जिल्लाकै सर्वसुलभ र कम महसुलमा पानी उपलब्ध गराउँदै आएको छ ।

नेपाल सरकारको मूल्याङ्कन अनुसार २०७९ मा जिल्लाकै उत्कृष्ट आयोजना घोषित भई सम्मानपत्र प्राप्त गरिसकेको प्रतिवेदनमार्फत अध्यक्ष अधिकारीले जानकारी गराए ।  उनले समितिको अन्तिम सभा भएको भन्दै अबको ६ महिनापछि नयाँ कार्य समिति  चयन गरिने बताए । त्यस्तै समितिका कोषाध्यक्ष खेमराज भट्टराईले २०८२ /०८३ को बजेट तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, पूर्व सांसद सुनिता बराल, राप्रपा भद्रपुर नगर अध्यक्ष राजकुमार राई, खानेपानीको संस्थापक अध्यक्ष लेखनाथ निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम पराजुलीले राखेको कार्यक्रममा सचिव बाबुराम कार्कीले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार