मुख्य समाचार
न्युरोसर्जन डा. चाङको निधन | भद्रपुरमा सिटी सफारीको ठक्करबाट पराजुलीको मृत्यु | फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु | झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल |

भद्रपुरबाट ३० लाख मूल्य बराबरका माेवाइल फाेनकाे पार्टस भित्र्याउने पिकअपसहित भद्रपुरका राहुल नियन्त्रणमा

देश प्रदेश डेस्क 5427+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

झापा   पिकअपसहित करिव ३० लाख मूल्य बराबरको अवैध सामान भद्रपुरबाट बरामद गरिएकाे छ ।

भारतबाट नेपालतर्फ भन्सार छलि बा १८ च ४६१६ नम्वरको पिकअप गाडीमा ल्याउँदै गरेको मोवाइल फोनको पार्टस शनिबार राति ८ बजे भद्रपुर नगरपालिका वडा नम्वर ९ घाेडामारा छेउबाट  बरामद गरिएकाे हाे । 

तस्करले कटेराेमा राखिरहेकाे  मोवाइल फोनको पार्टस् २० कार्टुन अन्दाजी २९ लाख  ८७ हजार २ सय र पिकअपकाे ५ लाख गरी ३४ लाख ८७ हजार २ सय मूल्य बराबरको सामान बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । सामान मेची दाेभान हुदै तस्करले ल्याएका थिए ।

घटनामा पिकअप चालक भद्रपुर ५  का २३ वर्षीय राहुल कामतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी र सामानसहित कामतलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएकाे डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

त्यस्तै  शनिबार ८ः५० बजे  राति इलाका प्रहरी कार्यालय अनारमनी,बिर्तामोडबाट खटिएको टोलीले अर्जुनधारा– ६ छाताचौकमा बेबारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको अबैध सामान बरामद गरेकाे जनाएकाे छ  ।  मोबाइल पार्टसका सामानहरु बरामद भएको जनाएको छ । उक्त सामानलाइ पनि आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार